प्रतिवन्धित औषधी, गाँजा र लागूऔषध खैरो हिरोईन सहित ६ जना पक्राउ
२०८२-०२-०८
- A
- A-
- A+
झापा, धनकुटा र मोरङको विभिन्न स्थानहरुबाट प्रतिवन्धित औषधी, गाँजा र लागूऔषध खैरो हिरोईन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ७ गते इलाका प्रहरी कार्यालय कुमरखोद झापाको प्रहरी टोलीले झापा गाउँपालिका-३ स्थितबाट सोही स्थानका ५१ वर्षीया देखन राजबंशीलाई लागुऔाषध गाँजा १ किलोग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीले मेचीनगर-७ का २३ वर्षीय अजय राजबंशीलाई खैरो हिरोईन ३ सय ४० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसतक्षी नगरपालिका-६ का ४० वर्षीय परमानन्द साहलाई २ ग्राम ९०० मिलिग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलिले धनकुटाको साँगुरीगढी गाँउपालिका-६ स्थितबाट को १ ज ३१६२ नम्बरको बोलेरोलाई चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको १० किलोग्राम लागुऔषध गाँजा सहित बुलेरो चालक धनकुटा सहिदभुमि-६ का ३५ वर्षीय राजेश राईलाई बुलेरो र गाँजा सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी गछियाले मोरङ बेलबारी-२ का १९ वर्षीय आयुष राई र १९ वर्षीय शिवम उरावलाई प्रतिवन्धित औषधी ट्रामाडोल- ५ सय ९० क्यापसुल, स्पास्मो-३ सय ८० ट्याब्लेट र एन्टिकोफ- १ सय ९६ ट्याब्लेट सहित पक्राउ गरेको छ ।