मोटरसाईकल र अटो टेम्पो चोरीमा संलग्न ४ जना पक्राउ
२०८२-०२-०६
- A
- A-
- A+
झापाको इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाईकल र अटो टेम्पो चोरीमा संलग्न ४ जनालाई चोरीको मोटरसाईल तथा अटो टम्पो सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-३ घर भई हाल कनकाई नगरपालिका-६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तमोड-७ का २७ वर्षीय जागिर आलम रहेका छन । झापा जिल्लाको बिभिन्न स्थानमा मोटरसाईकल चोरी भएको भन्ने निवेदन प्रहरी कार्यालयमा प्राप्तहुनासाथ खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ४ जनालाई चोरीका ४ वटा मोटरसाईकल र एउटा अटो टेम्पो सहित पक्राउ गरेको हो । उनिहरुले बिर्तामोड एरियाका बिभिन्न स्थानहरुबाट मे. ८ प २११६ नम्बरको Avenger, प्रदेश १-०१-०१५ प ९२४२ नम्बरको Super Spender, मे. ९ प ३६१८ नम्बरको PULSAR, प्रदेश ३-०२-००९ प ५१२७ नम्बरको STRIKER मोटरसाईकल र मे. १ ह ४८९६ नम्बरको अटो टेम्पो चोरी गरी वास्तविक नम्वर प्लेट परिवर्तन गरेर चलाउदै आएका थिए ।
पक्राउ परेका उनिहरुको चोरी सम्वन्धि कसुरमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।