प्रतिबन्धित औषधी र गाँजा सहित ५ जना नियन्त्रणमा
२०८२-०२-०६
- A
- A-
- A+
मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र गाँजा सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-२ का २३ बर्षीय राहुल गुरुङ र २७ बर्षीय समिर राईलाई ट्रामाडोल २ सय ९० चक्की, २ सय ९० चक्की डाइजी-20 सहित र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट सुनसरीको धरान उप-महानगरपालिका-१७ का ३८ बर्षीय जिवन राई र धरान-५ का ४२ बर्षीय अर्जुन तामाङलाई प्रतिबन्धित औषधी ६० एम्पुल सहित नियन्त्रणमा लिएको हो । यसैगरी प्रहरी चौकी अमरहाट सुनसरीले धरान-१३ स्थितबाट धनकुटाको चौबिसे गाउँपालिका -३ का ४५ बर्षीय गजेन्द्र कुमार याखालाई साढे ४ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।