नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा कोशी प्रदेश प्रहरी प्रमुखलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम
२०८२-०२-०६
- A
- A-
- A+
नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई कोशी प्रदेशमा स्वागत, सम्मान तथा शुभकामना व्यक्त गर्नुका साथै उद्योग परिसंघका पदाधिकारीहरु विच छलफल तथा अन्तरक्रिया समेत भएको छ । जेठ ५ गते विराटनगर स्थित परिसंघको कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष पवन सारडा तथा नि. वर्तमान अध्यक्ष भिम घिमिरे लगायतका पदाधिकारीहरुले प्रदेश प्रहरी प्रमुख कार्कीलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख कार्कीसंग संघका अध्यक्ष सारडा लगायत पदाधिकारीहरुले कोशी प्रदेशको बर्तामान शान्ति सुरक्षा, भन्सार छली चोरी निकासी लगायत विविध बिषयमा छलफल तथा अन्तक्रिया गर्नु भएको थियो । उक्त कार्यक्रममा उद्योग परिसंघले कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार तथा नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख राजिव सिंहलाई समेत स्वागत गर्नुकासाथै आगामी कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।