माया घरमा बिद्युतिय अटो टेम्पो, खाद्यान तथा लत्ताकपडा बितरण
२०८२-०२-०६
- A
- A-
- A+
सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा रहेको माया घरमा बिद्युतिय अटो टेम्पो तथा खाद्यान सामाग्री हस्तान्तरण गरीएको छ । जेठ ५ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा माया घर नेपाल इटहरीका संरक्षक सुभद्रा प्याकुरेलको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा अटो टेम्पो र खाद्यानका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा बजाज सोरुम इटहरीका प्रवन्धक प्रदिप सन्थालिया र व्यवस्थापक जयन्त सन्थालिया, कोशी प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक रुकेश तन्डुकार, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना लगायत सिनियर प्रहरी अधिकृतहरुका साथै माया घर नेपालका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।