जिल्ला प्रहरी कार्यालय धनकुटाको नव निर्मित भवनहरुको समुद्घाटन
२०८२-०२-०१
- A
- A-
- A+
जिल्ला प्रहरी कार्यालय धनकुटाको नव निर्मित भवनहरुको संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको छ । जेठ १ गते बिहान साढे ९ बजे आयोजित एक कार्यक्रम बीच धनकुटा नगरपालिका-६ स्थितमा रहेको जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित कार्यालय भवन, व्यारेक, हिरासत कक्षको प्रहरी महानिरीक्षक थापाले समुद्घाटन गर्नु भएको हो ।
नवनिर्मित भवनहरुको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनबाट आम नागरिकले प्राप्त गर्ने प्रहरी सेवा सहजता र सर्वसुलभ वातावरणमा उपलव्ध हुने तथा प्रहरीको दैनिकी समेत सहजरुपमा सम्पादन हुने उपस्थित सम्पुर्णमा विश्वास दिलाउनु भयो । प्रहरी संगठनलाई सुदृढीकरण र समृद्धिकरण गर्दै लैजानको लागी संरचनाहरुको निर्माणले प्रभावकारी भुमिका निर्वाह गर्ने हुँदा नागरिकले समेत यस्ता बिषयहरुलाई चासोको रुपमा लिनु पर्ने धारणा ब्यक्त गर्नुभयो । प्रहरी बर्दीधारी नागरिक हो भने नागरिक बिना बर्दीको प्रहरी भएकोले नागरीकले दिएको सुचना र विश्लेषणको आधारमा प्रहरीले आवश्यक रणनिती बनाई समाजमा अपराध नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय राख्न तथा समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार नागरिक र प्रहरी हातेमालो गरी अगाडि बड्नु पर्ने बताउनुभयो ।
वँहाले सुविधा सम्पन्न भवनमा बस्ने प्रहरी कर्मचारीले मनोबल उच्च र उत्प्रेरिण बनाई जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउदै कानूनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापाले विभिन्न प्रहरी इकाईहरुलाई जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, भवन निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्याउने महानुभावहरुलाई कदर पत्र तथा प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो भने उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले सुन्दर भवनको सुन्दरतालाई कायमै राख्न भवनमा बस्ने प्रहरी कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा भवन सरसफाई तथा सौन्दर्यकरणमा बिशेष ध्यान दिन तथा प्रहरीलाई नयाँ भवन प्राप्त भए संगै थप जोश र जागरका साथ समाजमा प्रभावकारी रुपमा शान्ती सुरक्षा व्यवस्था मिलाउन, अपराध अनुसन्धान गर्न र कानूनी राज्यको प्रत्याभुती दिलाउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुका साथै उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोलले नव निर्मित भवनको निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नेपाल सरकारको नियमित बजेटबाट जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित कार्यालय भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको आवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा सौचालय समेतको कुल ९ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पाख्रिबास नगरपालिकाका नगर प्रमुख ज्ञान बहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख ध्रुवराज राया, श्री नं २ बाहिनि अड्डा हिले धनकुटाका प्रमुख सहायक रथी दिल बिक्रम सुब्बा, नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन बिभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक कृष्णहरी शर्मा पोख्रेल, उच्च अदालत बिराटनगर धनकुटा इजलासका न्यायधिश देश बहादुर सार्की, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय विरानटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राम कुमार चौधरी लगायत सिनियर प्रहरी अधिकृतहरु तथा स्थानिय जनप्रतिनिधि, संचारकर्मी, विभिन्न संघ सस्थाका प्रतिनिधि, बुद्दिजिवि तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यसै गरी नव निर्मित भवन उद्घाटनको क्रममा धनकुटा पुग्नु भएका प्रहरी महानिरीक्षक थापाले धनकुटाको श्री पन्चमी पार्क वालकेन्द्रमा रहेका बालबालिकाहरुको लागी नेपाल प्रहरी श्रीमती संघद्वारा उपलव्ध गराईएको शैक्षिक समाग्रीहरु वितरण गर्नु भएको थियो ।