प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु १२ घाईते

२०८२-०१-२३

  • A
  • A-
  • A+
Share

धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । वैशाख २२ गते  बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका-६ स्थित कोशी लोकमार्गमा  धरानबाट भोजपुर तर्फ जादै गरेको को. १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १४ जना यात्रीहरु घाईते भएका थिए । घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी घाईतेहरुलाई उद्दार गरी उपचारको लागी बिभिन्न अस्पताल पठाएकोमा उपचारको क्रममा बसका चालक सुनसरी धरान उप-महानगरपालिका-१३ का ५१ बर्षीय रुद्र तामाङ र यात्री भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ बर्षीय लिला बहादुर श्रेष्ठको उपचारको क्रममा धरान घोपामा र धनकुटा नगरपालिका-६ की ७३ बर्षीया कृष्ण कुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको थियो । बसमा सवार रहेका अन्य ११ जना यात्रीहरुको धरान घोपामा उपचार भईरहेको छ । सोही दिन अपरान्ह पौने ४ बजे खोटाङबाट इटहरी तर्फ जन्ती बोकेर आउदै गरेको को.१ख ४७२१ नम्बरको बस उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बर्षेडाडा स्थित मदन भण्डारी लोकमार्गमा रोकेको अवस्थामा बसमा रहेका जन्ती हलेसी तुवाचुङ नगरपालिका-४ की ४० बर्षीया गिता परियार र सुनसरी इटहरी-२० का २३ बर्षीय युजन राई ओर्लिएर सडक पार गर्ने क्रममा ना.३त ८१० नम्वरको ट्याक्टरले ठक्कर दिदा घाईते भएकी परियाको  नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो भने राईको बिराटनगर न्युरो अस्पतामा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न ट्याक्टर चालक उदयपुर चौदण्डिगढी-४ का ३० बर्षीय विजय बि.क. र बस चालक उदयपुर ताप्ली गाउँपालिका-४ का ३६ बर्षीय पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ 

 


सम्बन्धित समाचार
फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित
२०८२-१२-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर- ०५ जस्तो अतिसंबेदनशिल निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएको, Gen-Z आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियाहरु र हिरासतबाट भागी फरार भएका प्रतिवादीहरु खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकको छेउमा रहेको खाली जग्गाको झाडीमा Y13487 नम्बरको मार्का-४ राईफल थान-१ र विभिन्न स्थानहरुबाट १९ जना प्रतिवादीहरुलाई पक्राउ गरेको साथै फागुन महिनामा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा Gen-Z आन्दोलन सँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई १० वटा नै फर्छ्यौट भएको, Gen-Z आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीय बासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्यमा निरन्तरता दिई नेतृत्वदायी भुमिका निर्वाह गरेको, ध्वनी प्रदुषण गर्ने २१७ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा पेण्डिङ मुद्दाका मिसिलहरु सम्बन्धित कार्यालयहरुसँग समन्वय गरी मिसिल पुनःनिर्माण गर्न भुमिका निर्वाह गरेको साथै हाल सम्म बिभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरु समेत पक्राउ गर्न अहम भुमिका निर्वाह गरी आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-०२

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०१ गते झापाको दमक नगरपालिका- ५ स्थितमा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका मोहन यादव र गौरीगंज गाउँपालिका- १ का प्रवेश राईलाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले मेचिनगर- ६ बाट मे. ६ प ७७२६ नम्बरको मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका- ७ का लाख बहादुर योंङहालाई २ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रण लिएको छ । त्यस्तै सुनसरीको कोशी गाउँपालिका- १ बाट इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक दुहवी- २ का सुशान्त चौधरी, मोटरसाईकल पछाडी सवार दुहवी- १० मेराज चौधरीलाई ८ ग्राम ११० मिलिग्राम सहित र भोक्राहा नरसिंह गाउँपालिका- ६ बाट मोरङ कानेपोखरी गाउँपालिका- ७ का शुरेन्द्र जिमीलाई ६ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जना पक्राउ
२०८२-११-३०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र  गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका- २ औरावनी चोक स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका- ८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई संचालन गर्दै आएको शिव महिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वतरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- ३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-११-२९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान-१३ स्थितबाट संखुवासभा सिलिचोङ गाउँपालिका-४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसताक्षी नगरपालिका-११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी-८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।