प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु १२ घाईते

२०८२-०१-२३

  • A
  • A-
  • A+
Share

धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । वैशाख २२ गते  बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका-६ स्थित कोशी लोकमार्गमा  धरानबाट भोजपुर तर्फ जादै गरेको को. १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १४ जना यात्रीहरु घाईते भएका थिए । घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी घाईतेहरुलाई उद्दार गरी उपचारको लागी बिभिन्न अस्पताल पठाएकोमा उपचारको क्रममा बसका चालक सुनसरी धरान उप-महानगरपालिका-१३ का ५१ बर्षीय रुद्र तामाङ र यात्री भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ बर्षीय लिला बहादुर श्रेष्ठको उपचारको क्रममा धरान घोपामा र धनकुटा नगरपालिका-६ की ७३ बर्षीया कृष्ण कुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको थियो । बसमा सवार रहेका अन्य ११ जना यात्रीहरुको धरान घोपामा उपचार भईरहेको छ । सोही दिन अपरान्ह पौने ४ बजे खोटाङबाट इटहरी तर्फ जन्ती बोकेर आउदै गरेको को.१ख ४७२१ नम्बरको बस उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बर्षेडाडा स्थित मदन भण्डारी लोकमार्गमा रोकेको अवस्थामा बसमा रहेका जन्ती हलेसी तुवाचुङ नगरपालिका-४ की ४० बर्षीया गिता परियार र सुनसरी इटहरी-२० का २३ बर्षीय युजन राई ओर्लिएर सडक पार गर्ने क्रममा ना.३त ८१० नम्वरको ट्याक्टरले ठक्कर दिदा घाईते भएकी परियाको  नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो भने राईको बिराटनगर न्युरो अस्पतामा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न ट्याक्टर चालक उदयपुर चौदण्डिगढी-४ का ३० बर्षीय विजय बि.क. र बस चालक उदयपुर ताप्ली गाउँपालिका-४ का ३६ बर्षीय पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ 

 


सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-०४-२७

झापाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २५ गते झापाको झापा गाउँपालिका-४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-९ का ३१ बर्षीय अनिल राईलाई ब्राउन सुगर २ ग्राम ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड नगरपालिका- ८ का  २४ बर्षीय पकंज मैनाली, ३३ बर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका-१० का ४० बर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका-४ का ३४ बर्षीय प्रदिप राई र हुम्ला नाम्खाका ३५ बर्षीय राजु लामालाई ४ सय मिलिग्राम ब्राउन सुगर र नगद १ लाख २२ हजार ९० रुपैँया सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८२-०४-२६

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ११ जना पक्राउ छन् । साउन २५ गते झापा मेचीनगर नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सोहि स्थानका २३ बर्षीय संयोग चौधरी, २३ बर्षीया सुकमाया राई र ३१ बर्षीय दिलिप लिम्बुलाई २ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित र मेचीनगर- ७ का ५६ बर्षीय टिकाराम कोईरालालाई १७५ ग्राम ३१० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराले भद्रपुर नगरपालिका- ५ का ३० बर्षीय सन्तोष श्रेष्ठ र उनको श्रीमती २९ बर्षीया लक्ष्मी राजवंशीलाई २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको इनरूवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी- ५ का ५३ बर्षीय विशाल माझी र २५ बर्षीय सचिन लिम्बुलाई २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीले धरान- ५ बाट २४ बर्षीय आशिष राईलाई निषेधित औषधी ६३८ ट्याब्लेट र क्याप्सुल सहित  नियन्त्रणमा लिएको हो । त्यस्तै बराहक्षेत्र नगरपालिका- ११ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको प्रहरी टोलीले सोहि स्थानका ५० बर्षीय मुस्ताक मिया र बराहक्षेत्र नगरपालिका- ६ का ४८ बर्षीय बल्ले भन्ने बलराम यादवलाई ७८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुशन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जना पक्राउ
२०८२-०४-२३

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २२ गते मोरङको बिराटनगर- १५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका भारत अररिया फारबिसगंजका ३५ बर्षीय सिकंदर बाखत र सरफराजलाई १ सय ४१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय दमकले ३ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-४ कि २६ बर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका- ५ का २७ बर्षीय संजिब लिम्बु, वसन्त राई र कमल गाउँपालिका- ४ का सन्दिप धिमाललाई पक्राउ गरेको छ । यसै गरी विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- ५ का ४६ बर्षीय राजेन्द्र पंथाकलाई उनले घरमा लुकाई छिपाई राखेको ट्रामाडोल २० हजार क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-२२

मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे-१० का २२ बर्षीय अब्राहम राई र २६ बर्षीय युकेश राईलाई ट्रामाडोल ५९ चक्की सहित र प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- ६ का ३३ बर्षीय प्रेम दाहाल र २२ बर्षीय निसान माझीलाई डायक्लोमाईन र ट्रामाडोल गरी जम्मा ३४९ चक्की सहित पक्राउ गरेको छ । त्यसै गरी प्रहरी चौकी पानबारी सुनसरीले धरान- ६ का २७ बर्षीय चेतनाथ खड्कालाई ट्रामाडोल ९४ क्याप्सुल र डिकोलिक ९५ ट्याब्लेट सहित र प्रहरी बिट आम्बासी उदयपुरले बेलका नगरपालिका- ३ का ३५ बर्षीय शुनिल श्रेष्ठलाई ९ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  

प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जना पक्राउ
२०८२-०४-२२

झापाको कमल गाउँपालिका- ६ स्थितबाट प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते झापाको कमल गाउँपालिका- ६ स्थित बिष्णु प्रसाद बगालेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष  सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरको कोठा भित्र प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार क्याप्सुल, डायक्लोमाई २ हजार १ सय १० ट्याव्लेट र स्पास्पेन २ हजार ५० ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित औषधी बरामद भए संगै घर धनी बगाले र बेचबिखनमा संलग्न दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक ४० बर्षीय गंगा बहादुर खड्कालाई नियन्त्रणमा लिएको हो ।  

नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जना पक्राउ
२०८२-०४-२१

सुनसरीको कोशी गाँउपालिका-८ स्थितबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका-१ का २५ बर्षीय राजेश चमार रजक र  हनुमान कंकालिनी गाउँपालिका-२ का २५ बर्षीय राजेश कुमार रजक रहेका छन । साउन १९ गते राती इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लु. ९२ प २३८० नम्बरको मोटरसाईकल पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान बरामद गरे संगै मोटरसाईकल चालक राजेश कुमार रजक समेतलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।