मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८२-०१-१५
- A
- A-
- A+
मोरङको सुनवर्षी नगरपालिका-९ स्थितमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । वैशाख १४ गते डाइनियाबाट सिक्टी तर्फ जाँदै गरेको BR 39 H 2956 नम्बरको भारतिय मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका २० वर्षीय साहवन आलम गम्भिर घाईते भएकोमा मोरङको रंगेली अस्पतालमा उपचारको क्रममा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।