बसको ठक्करबाट १ जनाको मृत्यु १ घाईते ।
२०८२-०१-११
- A
- A-
- A+
मोरङको कानेपोखरी गाँउपालिका- ७ स्थित पुर्व पश्चिम लोकमार्गामा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । वैशाख १० गते काँकरडभिट्टाबाट बिराटनगर तर्फ जादै गरेको को. १ ख ७४८२ नम्बरको बसले बिपरीत दिशाबाट आउदै गरेको स. ४ प ५८४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक सुनसरीको इटहरी उप-महानगरपालिका-४ का ३५ वर्षीय हरी शर्मा, मोटरसाईकलमा सवार निजकै दिदी उदयपुरको बेलका नगरपालिका-४ कि ५५ वर्षीया कुमारी आचार्य घाइते भएका थिए । घाईते आचार्यको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा मृत्यु भएको हो भने चालक शर्माको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने बस र बस चालक झापा कन्काई- ४ का ५१ वर्षीय सोमनलाल चौधरीलाई जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।