बाढी तथा डुवान उद्धार अनुशिक्षण तालिम प्रथम समुहको समुद्घाटन ।
२०८२-०१-१०
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा ७ कार्य दिनको “बाढी तथा डुवान उद्धार” अनुशिक्षण तालिम प्रथम समुहको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख १० गते बिहान तालिम संयोजक प्रहरी निरीक्षक विकाश राईको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्घाटन भएको हो । समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै तालिम संयोजक राईले दैवीक प्रकोप वर्षा याममा हुने बाढी तथा ढुवानले मानवीय र भौतिक संरचनाको ठुलो क्षेति हुन सक्ने हुँदा उद्धार कार्यमा खटिने प्रहरी कर्मचारीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान, सिप सम्बन्धी तालिम उपलव्ध गराई उद्धार कार्य प्रभावकारी बनाउन तालिम प्रदान गरी विपद व्यवस्थापनमा बाढी, पहिरो र डुवान जस्ता प्रकोपको व्यवस्थालाई अझ बढी प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देशयले तालिम संचालन गरिएको बताउनु भयो ।उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ५० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।