प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशीमा नुहाउने क्रममा २ जना बेपत्ता

२०८२-०१-०८

  • A
  • A-
  • A+
Share
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित कोशीमा नुहाउने क्रममा २ जना बेपत्ता भएका छन् । सुनसरीको इटहरी उप-महानगरपालिका-१६ बालग्रामका ४० बर्षीय नबराज बास्तोला र निजका १६ बर्षीय भान्जा जेनिस आर्चाय बराहक्षेत्र मन्दिर छेउमामा कोशीमा नुहाउने क्रममा बैशाख ८ गते बिहान पौने ९ बजे बेपत्ता भएका हुन् ।
घटनाबारेमा जानकारी पाउँनासाथ बेपत्ता भएका मामा र भान्जाको खोजतलाशको लागी सुनसरीको इलाका प्रहरी कार्यालय चतारा, प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरीको टोली खटिएको छ बने सशस्त्र प्रहरीको १५ जना गोताखोर टोली समेत खोजतलाशमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


सम्बन्धित समाचार
लागूऔषध ब्राउन सुगर सहित १२ जना पक्राउ
२०८२-०१-२९

झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ती गाउँपालिका-३ बुधबारे बजार स्थितबाट इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले सोहि स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देहीको बुटवल नगरपालिका-३ की २५ बर्षीया निर्मला थापालाई ५ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  यसैगरी लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट धरान उप-महानगरपालिका-१२ का २९ बर्षीय बसन्त तामाङलाई  ब्राउन सुगर २ ग्राम ८८ मिलिग्राम र मोरङको सुन्दरहरैचा नगरपालिका-३ का २०  बर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका-७ सोमबारे स्थितबाट सोही स्थानका २५ बर्षीय धिरज राईलाई २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसका साथै लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका-७ स्थित २४ बर्षीय संजय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर, गाँजा १८ ग्राम  र नगद ७० हजार रुपैया फेलापारी कारोबारमा संलग्न भोजपुरको भोजपुर नगरपालिका-७ का १९ बर्षीय मौसम राई, भोजपुर-९ का २० बर्षीय रेन्जि शेर्पा, भोजपुर-५ का २० बर्षीय संगित राई , भोजपुर-७ का २० बर्षीय युकेश राई, १९ बर्षीय उचित राई, भोजपुर-६ का २९ बर्षीय दिपेश राई समेतलाई नियन्त्रणमा लिएको हो । लागूऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्वारा निर्देशन
२०८२-०१-२८

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले कोशी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण रानी, नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ । वैशाख २८ गते  Virtual माध्यमद्धारा निर्देशनको क्रममा वहाँले प्रहरीले आ-आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई सामना गर्दै एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवककोरूपमा खटिनु पर्ने निर्देशन दिनु भएको छ । वाँहाले नागरिकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न र दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी सामजमा शान्ति सुरक्षा कायम राख्न, आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ । वहाँले सिमा नाकाहरुमा कडाईका साथ चेकजाँचको व्यवस्था, प्रविधि मैतृ तथा प्रभावकारी ट्राफिक व्यवस्थापन, विपदका घटनाहरुमा तत्काल उद्धार, पेन्डिङ मुद्दाको फछ्यौट, प्रभावकारी प्रहरी अनुसन्धान, सवारी दुर्घटना नियन्त्रण, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा प्रहरी परिचालन गरी समाजमा शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन  दिनु भएको छ । साथै वहाँले आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बनाई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्ने जोड दिनु पर्ने वताउनु भयो ।  सोही क्रममा जिल्ला प्रहरी प्रमुखहरुले आ-आफ्नो जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, सुरक्षा चुनौती, भावि कार्य योजना सम्वन्धि प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो । निर्देशन सम्वोधन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश  प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

लागूऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा
२०८२-०१-२८

झापा र मोरङको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा परेका छन् । वैशाख २७ झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट प्रहरी चौकी कोरोबारी झापाको प्रहरी टोलीले बा.२८ प ५३८४ नम्बरको मोटरसाईकल चालक दमक नगरपालिका-३ का २२ बर्षीय दिपेश बानिया र पछाडी सवार गौरादह नगरपालिका-५ का २२ बर्षीय अभिषेक राईलाई ब्राउन सुगर ८ सय ९० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजबाट अनुसन्धान शुरु गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङको बेलबारी नगरपालिका-३ का २५ बर्षीय मिलन धिमाललाई ब्राउन सुगर २ ग्राम ९८ मिलिग्राम, सुनसरीको इटहरी उप-महानगरपालिका-१६ का  ३६ बर्षीय सुजन बि.क.लाई ब्राउन सुगर ७ ग्राम २३ मिलिग्राम तथा इटहरी-२० का ४० बर्षीय राजकुमार बस्नेत र २३ बर्षीय मदन बुढाथोकीलाई ब्राउन सुगर १ ग्राम ४६ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।  लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिईएका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।        

खुकुरी र कोदालो प्रहार गरी हत्यामा संलग्न २ जना पक्राउ
२०८२-०१-२८

झापामा खुकुरी प्रहारी गरी श्रीमतीको हत्या गर्ने श्रीमान र खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमातीलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते राती साढे ८ बजे झापाको कनकाई नगरपालिका-२ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमती ३४ वर्षीया पुजा हेमरनलाई आपसी वाद विवादको क्रममा धारीलो हतियार खुकरीले घाँटी काटी हत्या गरेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय सुरुङगाबाट  खटिएको प्रहरी टोलीले श्रीमानलाई नियन्त्रणमा लिएको छ भने उक्त लाश पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । त्यसैगरी वैसाख २७ गते विहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ का ५१ वर्षीय पाँचकर्ण राईलाई  उनकै श्रीमती  ५३ वर्षीया  रेनुका राईले सामान्य वादबिवादको क्रममा कोदालोको पासोले टाउकोमा प्रहार गरी घाईते बनाएकोमा तत्काल प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरी टोलीले घाईते राईलाई उद्दार गरी थप उपचारको लागी हेलिकप्टरद्वारा काठमान्डौ न्युरो अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनामा संलग्न रहेकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।  

कोशी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. ईश्वर कार्कीज्यूबाट पदभार ग्रहण
२०८२-०१-२८

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले यस कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालयको यही बैशाख २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले वैशाख २८ गते कार्यभार सम्हाल्नु भएको हो । वहाँलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।  प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो भने वहाँले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै परिसरमा रहेको पलान्चोक भगवती मन्दिरमा विधिवतरूपमा पूजा अर्चना गर्नु भई कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभएको थियो । पदभार ग्रहण पश्चात् वहाँलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम तथा रचनात्मक कार्यका बारेमा अवगत गराउनु भएको थियो ।