प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ४ जना पक्राउ

२०८१-१२-३०

  • A
  • A-
  • A+
Share
झापा, सुनसरी र तेह्रथुमबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन । चैत्र ३१ गते झापाको बिर्तामोड स्थित अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-१ स्थितबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका-६ का २१ बर्षीय युगल दर्जी सिवालाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले रामधुनी नगरपालिका-३ का २२ बर्षीय मनिष तामाङलाई ४ सय २० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय लौकहीले भोक्राहा नर्सिङ गाउँपालिका-६ का एक वालकलाई १ हजार ४ सय १० चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ ।
सोही दिन तेह्रथुमको प्रहरी चौकी जिरिखिम्तिबाट खटिएको गस्ती टोलीले म्याङ्लुङ-८ का कवुहाङ लिम्वुलाई निषेधित औषधी ८ सय चक्की सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध ब्राउनसुगर सहित १० जना पक्राउ
२०८२-०१-०६

झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट बैशाख ०५ गते लागूऔषध ब्राउनसुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका- ६ बनियानि चोक स्थितमा  भारतीय BR37 AE  6451 नम्बरको मोटरसाइकल चालक कचनकवल-५ का २८ बर्षीय कासिम मियालाई लागूऔषध ब्राउनसुगर ४४ ग्राम ८ सय २० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट मे ९ प ३४३६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आईरहेका पाँचथरको कुम्मायक गाउँपालिका-३ का २८ बर्षीय अइन्द्र विक्रम खड्कालाई २७ ग्राम १ सय ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने झापाको इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्थितबाट शिवसताक्षी नगरपालिका-५ का २७ बर्षीय पञ्चम ताजपुरिया र २६ बर्षीय अर्जुन हजामलाई १ ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले सुनसरीको ईनरुवा नगरपालिका-२ का २६ बर्षीय सुदिप न्यौपाने र २५ बर्षीय नविन अलीलाई २ ग्राम २८ मिलिग्राम, कोशी गाउँपालिका-२ का एक बालकलाई  २ ग्राम लागूऔषध ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट सोही स्थानमा २४ बर्षीय आशिष कुमार सरदार र ३० बर्षीय कृष्ण चौधरीलाई १ ग्राम ५० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गर्न सफल भएको हो । यसका साथै मोरङको बिराटनगर महानगरपालिका-१५ स्थीत एक नम्बर ढाँटमा  DOG Sniffing  को चेकिङ टोलिले सुनसरीको धरान उप-महानगरपालिका-१४ का ३९ बर्षीय  रमेश परीयारलाई ब्राउनसुगर ५ ग्राम ७४० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरीरहेको छ । लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका सबैजनाको कानूनी प्रकृया भईरहेको छ ।  

चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-०१-०६

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर र प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्कीलाई २०८१ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक कुँवरले चैत २५ गते सुनसरीको धरान-६ स्थित वनमा शंकास्पद मृत्यु भएकी धनकुटा महालक्ष्मी नगरपालिका-१ की ३४ बर्षीय चुन कुमारी दाहाल बुढाथोकीको अनुसन्धानको क्रममा  हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको को थियो भने प्रहरी सहायक निरीक्षक कार्कीले चैत २१ गते मोरङको जहदा गाउँपालिका-७ का २७ बर्षीय उमेश कामतको घरबाट १०८८ किलोग्राम गाँजा बरामद गरी निजलाई पक्राउ गरेको हुँदा दुबै जना प्रहरी कर्मचारीले गरेको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।

बलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मुत्यू
२०८२-०१-०४

ताप्लेजुको फक्ताङलुङ गाँउपालिका-५ स्थित सडक खण्डमा बलेरो दुर्घटना हुँदा चालकको मुत्यू भएको छ । बैशाख ०३ गते दिउसो लेलेपबाट तापेथोक तर्फ जाँदै गरेको मे. १ च ५१९३ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट ३०० मिटर तल झरी दुर्घटना हुँदा बलेरोमा सवार पाँचथर फिदिम नगरपालिका-३ का २१ वर्षीय सौजन श्रेष्ठ र चालक सोही स्थानका २५ वर्षीय सरोज श्रेष्ठ घाईते भएकोमा उपचारको लागी आधारभुत स्वास्थ्य चौकी तापेथोक लगीएकोमा स्वास्थ्य चौकी पुर्याउनसाथ चालकको मुत्यू भएको हो । सौजन श्रेष्ठलाई थप उपचारको लागी  जिल्ला अस्पतालल ताप्लेजुङको पठाईएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागूऔषध सहित ५ जना पक्राउ ।
२०८२-०१-०४

मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध, ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ०४ गते विराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दरहरैचा-७ का २२ वर्षीय जिबस तामाङ र ३८ वर्षीय भिम कुमार तामाङको साथबाट ब्राउन सुगर ६ ग्राम ५ मिलिग्राम  र सुनसरी इटहरी-२ का ३० बर्षीय  पासाङ शेर्पा र २५ बर्षीय  रबिन्द्र लिम्बु लाई प्रतिबन्धित औषधी -२२ एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय हरिनगर सुनसरीबाट खटिएको प्रहरी टोलिले हरिनगर-४ स्थितबाट बराहक्षेत्र-६ का २४ वर्षीय राजेश मुखियालाई २४ किलो गाँजा सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

चट्याङ जोखिम न्युनिकरण तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समुद्‍घाटन
२०८२-०१-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा ३ कार्य दिनको “चट्याङ जोखिम न्युनिकरण तथा उद्दार (प्र.ज. देखि जु.प्र.अ.) अनुशिक्षण तालिम प्रथम समुहको समुद्‍घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख ०३ गते बिहान तालिम संयोजक प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो । समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै तालिम संयोजक श्रेष्ठले प्राकृतिक प्रकोप  हावा हुरी बतासको मौसममा वा वर्षा याममा पर्ने चट्याङका कारण मानवीय र भौतिक संरचनाको ठुलो क्षेति हुन सक्ने हुँदा उद्धार कार्यमा खटिने प्रहरी कर्मचारीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान, सिप सम्बन्धी तालिम उपलव्ध गराई उद्धार कार्य प्रभावकारी बनाउन तालिम प्रदान गरिएको बताउनु भयो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

लागूऔषध ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ
२०८२-०१-०३

मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०२ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१७ का ४० बर्षीय  राज श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरी बराहक्षेत्र नगरपालिका-७ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गे सुनसरीबाट खटिएको प्रहरी टोलिले स्थानिय  ३० बर्षीय बिकास भण्डारी र २३ बर्षीय सुसिल शेर्पालेलाई १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरी धरान उप-महानगरपालिका-१३ स्थितमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलिले भेडेटार बाट धरान तर्फ आउदै गरेको को २ ह ४७३९ नम्बरको अटो चेकजाँचको क्रममा अटो चालक धरान-४ का ४८ बर्षीय जोक बाहादुर राई, उनको छोरा ३० बर्षीय सुमन राई र सोहि अटोमा सवार धनकुटा साँगुरीगढी-३  का ३६ बर्षीय सुरज लिम्बुलाई १९ किलो लागू औषध गाजा सहित नियन्त्रणमा लिएको छ ।