प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश पर्यटन वर्ष,२०८२ सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ

२०८१-१२-२९

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहकार्यमा कोशी प्रदेश पर्यटन वर्ष,२०८२ लाई लक्षित गरी सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ भएको छ ।

चैत्र २९ गते विराटनगर महानगरपालिका-१५ स्थितमा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने मुल नाराका साथ संचालन भएको कार्यक्रममा प्रमुख अतिथि कार्कीले पर्यटन वर्ष २०८२ लाई लक्षित गरी भारतबाट भ्रमणको लागि नेपाल आउनु भएका भारतिय पर्यटक सवार सवारी साधनहरुमा स्टिकर टाँस गर्नु भई कार्यक्रमको शुभारम्भ गर्नु भएको छ । कार्यक्रममा प्रमुख अतिथि कार्कीले कोशी प्रदेश पर्यटन बर्ष २०८२ को औपचारिकरुपमा उद्‍घाटन भईसकेको र बिभिन्न कार्यक्रमहरु मध्ये सुरक्षा जाँच तथा स्टिकर टाँस कार्यक्रम पनि एक रहेको बताउनु हुँदै बिभिन्न उदेश्य लिएर नेपाल भ्रमणको लागी आउनु हुने पर्यटकहरुले सहज रुपमा नेपाल भ्रमण गरी आफ्नो गन्तब्य सम्म पुग्ने बातावरणको सिर्जना गरी सत्कार र सम्मानका साथ समस्याको पहिचान गरी गुणस्तरीय सुरक्षा प्रदान गर्न तथा नेपालको भविष्य जोडिएको पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई सम्पन्न र समृद्ध बनाउनको निम्ति सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ गरिएको बताउनु भयो ।

उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले सवारी साधनमा नेपाल आउनुहुने पर्यटकहरुले यातायात कार्यालयको खोजी गर्दै हिड्नु नपर्ने तथा नेपाल प्रवेशको पहिलो विन्दुमा नै सवारी साधनमा टाँस गरीएको स्टिकरले प्रदेशका बिभिन्न स्थानमा  सहजरुपमा भ्रमण गर्न सहजता हुने बताउनुभयो ।

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री सादनन्द मण्डलले नेपाल भ्रमणको लागि आउनु हुने पर्यटकहरुलाई कानूनले बर्जित गरेको भन्दा बाहेक अन्य कुनै किसिमको कठिनाई हुन नदिन अतिथि देबो भवःलाई साकार पार्न सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ गरिएको बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेश सचिव राम प्रसाद शर्मा, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी लगायत प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, संचारकर्मीहरु तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

मोरङको विराटनगर,रानी सिमा नाका, झापाको काँकरभिट्टा, सुनसरीको कोशीव्यारेज र इलामको पशुपतिनगर नाकाहरुबाट भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने पर्यटक सवार सवारी साधनहरुमा स्टिकर टाँस गरिने छ ।


सम्बन्धित समाचार
बाढी तथा डुवान उद्धार अनुशिक्षण तालिम प्रथम समुहको समुद्घाटन ।
२०८२-०१-१०

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा ७ कार्य दिनको “बाढी तथा डुवान उद्धार” अनुशिक्षण तालिम प्रथम समुहको समुद्‍घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख १० गते बिहान तालिम संयोजक प्रहरी निरीक्षक विकाश राईको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो । समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै तालिम संयोजक राईले दैवीक प्रकोप वर्षा याममा हुने बाढी तथा ढुवानले मानवीय र भौतिक संरचनाको ठुलो क्षेति हुन सक्ने हुँदा उद्धार कार्यमा खटिने प्रहरी कर्मचारीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान, सिप सम्बन्धी तालिम उपलव्ध गराई उद्धार कार्य प्रभावकारी बनाउन तालिम प्रदान गरी विपद व्यवस्थापनमा बाढी, पहिरो र डुवान जस्ता प्रकोपको व्यवस्थालाई अझ बढी प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देशयले तालिम संचालन गरिएको बताउनु भयो ।उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ५० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) संग समझदारी-पत्रमा हस्ताक्षर
२०८२-०१-१०

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)  र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर बीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा बैशाख १० गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रहरी सेवालाई सम्मान गर्न बहालवाला नेपाल प्रहरी कर्मचारीहरूका सन्ततिहरूलाई निःशुल्क शिक्षा प्रदान गरी शैक्षिक विकासमा सहकार्य गर्ने/गराउने उदेश्यले प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा (प्रथम पक्ष) र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फवाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी (दोश्रो पक्ष) बीच सम्झौताका शर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमती भई दुवै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।  कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई थप सेवा प्रदान गर्ने उदेश्यले ब्यवस्थित तवरले चलिरहेका विद्यालयहरु संग समन्वय र सहकार्य गरी समसामयिक बिषयमा अन्तरकृया तथा छलफल समेत गरिएको थियो । कार्यक्रममा बोल्नुहुदै प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई प्रहरी पेशालाई सम्मानका साथ अगाडी बढाउदै लैजान समाजका बिभिन्न संघ सस्थाहरु संग समन्वय र सहकार्य गरीदै आईएको बताउनुभयो  । साथै आफ्नो घर परिवार नभनि अहोरात्र खटिने व्यवसायीक प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गरेकोमा प्याब्सनका सम्पुर्ण पदाधिकारीहरुलाई हृदय देखि आभार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, सिनीयर प्रहरी अधिकृत तथा प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा केन्द्रिय उपाध्यक्ष टिकाराम ढकाल लगायत प्याव्सन कोशी प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित १३ जना पक्राउ
२०८२-०१-१०

सुनसरी, मोरङ र धनकुटाबाट बैशाख ०९ गते लागुऔषध सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकचाँचको क्रममा ९ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर सहित ओखलढुङ्गाको चिसौकुगढिका २७ बर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का २० बर्षीय अनोज कुमार उँराव, भोक्राहा नरसिंह-३ का २५ बर्षीय अनोज रुपेश कुमार यादब, ईटहरी उप-महानगरपालिका-१७ का २० बर्षीय मो समिर खान  र  २० बर्षीय राजेश पुरीलाई नियन्त्रणमा लिएको हो भने सोहि स्थानमा पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको पिकअप गाडीबाट ३ सय २३ किलो २१ ग्राम गाँजा बरामद गरेसगै पिकअप चालक भोजपुरको अरुण गाउँपालिका-५ का २६ बर्षीय तेजेन्द्र कार्कीलाई नियन्त्रणमा लिएर निजको शरिर खानतलाशी गर्दा कार्कीको साथबाट २ ग्राम ब्राउन सुगर समेत फेला पारेको थियो । त्यस्तै धरान उप-महानगरपालिका-१ बाट औषधी एम्पुल २५ पिस सहित को.१८ प ७२६ नम्बरको स्कुटी चालक धरान-८ का २८ बर्षीय मनिस तामाङलाई अस्थायी प्रहरी चौकी जोरसखुवाले र धरान- १३ बाट ट्रामाडोल ७० क्याप्सुल, स्पासपेन ७० ट्याब्लेट सहित १८ बर्षीया आदित्य तामाङलाई अस्थायी प्रहरी चौकी अमरहाटले नियन्त्रणमा लिएको हो ।  त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका-७ बाट जिल्ला प्रहरी कार्यालय धनकुटाले स्पास्पेन र ट्रामाडोल गरी जम्मा ७०४ ट्याब्लेट सहित धनकुटा-७ की ५३ बर्षीया अन्जना तामाङ, धरान घर भई ससुरालीमा बस्दै आएका निज अन्जना तामाङको ज्वाई २२ बर्षीय मनिस धामी र १९ बर्षीय ओम तामाङलाई नियन्त्रणमा लिएको हो भने धनकुटाको प्रहरी चौकी मुलघाटले साँगुरीगढी गाँउपालिका-७ स्थितबाट बा. ७३ प ३९१५ नम्बरको मोटरसाईकल चालक साँगुरीगढी गाँउपालिका-१ का २० बर्षीय अबि तामाङलाई २० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङले ५४ मिलिग्राम ब्राउन सुगर सहित झापाको दमक नगरपालिका-८ का ३२ बर्षीय मनोज साहलाई बिराटनगर महानगरपालिका-१६ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८२-०१-१०

झापा र भोजपुरको बिभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बैशाख ९ गते झापाको कन्काई नगरपालिका-८ स्थितमा ना. ७ प २९९७ नम्बरको ट्याङकरले ठक्कर दिँदा साईकल यात्री अर्जुनधारा नगरपालिका- ५ का ५५ बर्षीय लेखनाथ सापकोटाको घटनास्थलमै मृत्यु भएको हो भने ट्याङ्कर चालक झापाको कमल गाउँपालिका-१ का ४६ बर्षीय भिम बहादुर कोईरालालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । त्यस्तै भोजपुरको षडानन्द नगरपालिका-१४ स्थित सडक किनारामा रोकेर राखेको को. २ त ८६९७ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा अचनाक ट्याक्टर अगाडी बढी सडक देखी करिब १५ मिटर तल खसेर दुर्घटना हुँदा मामा घरमा बस्दै आएका षडानन्द -१२ का बिकास कार्कीको ८ बर्षीय छोरा सौगात कार्कीको घट्नास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर चालक २२ बर्षीय भुबराज भट्टराईलाई इलाका प्रहरी कार्यालय दिङ्लाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८२-०१-०८

सुनसरी र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेशाख ०७ गते उदयपुरको बेलका नगरपालिका-३ स्थितमा लागु औषध कारोवार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटिगई चेकजाँच गर्दा सोहि स्थानका ३० बर्षीय बद्री भन्ने बिशाल लिम्बुको साथबाट ७७० मिलिग्राम ब्राउन सुगर फेलापारी नियन्त्रणमा लिएको हो भने त्रियुगा नगरपालिका- १२ का २६ बर्षीय मो इस्माइल अलीलाई लागुऔषध नाइट्राजेपाम-३२ ट्याब्लेट, त्रियुगा नगरपालिका-६ स्थितबाट प्रहरी चौकी लालपत्ताले पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटले को.२० प ३६८३ नम्बरको स्कुटी चालक सोहि स्थानका ४६ बर्षीया रेसु राई र स्कुटी सवार २९ बर्षीय सन्तोष साहलाई ट्रामाडोल ३०९  क्याप्सुल र स्पास्पेन ३०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।