Medical First Responder अनुशिक्षण तालिमका प्रशिक्षर्थीहरुलाई स्थलगत अवलोकन भ्रमण
२०८१-१२-२८
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संचालित पहिलो उपचार सहयोगी (Medical First Responder) तालिम पहिलो समुहका प्रशिक्षर्थीहरुलाई Birat Medical College Teaching Hospital बिराटनगरको स्थलगत अवलोकन भ्रमण गराईएको छ । चैत २६ गतेबाट संचालन भएको उक्त अनुशिक्षण तालिमका प्रशिक्षर्थीहरुलाई अवलोकन भ्रमणको क्रममा Birat Medical Simulation Foundation का डा. बात्सल्य अर्याल सहितको चिकित्सक टोलीले प्रशिक्षार्थीहरुलाई आपतकालिन अवस्थामा तत्काल घटनास्थलमा घाईतेलाई दिइने प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उक्त प्रशिक्षणको क्रममा ३४ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।