लागुऔषध सहित ८ जना पक्राउ
२०८१-१२-२७
- A
- A-
- A+
झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २६ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा-४ का २८ बर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर १ ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ बाट सुनसरी धरान-८ का १९ बर्षीय समन न्यौपाने र १९ बर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको हो । त्यस्तै उदयपुरको बेलका नगरपालिका-९ बाट को. ३९ प ५६४९ नम्बरको स्कुटर चालक बेलका-३ का २६ बर्षीय मुस्कान राई र पछाडी सवार २१ बर्षीय खम्ब बहादुर दाहाललाई ब्राउन सुगर १ ग्राम ३३८ मिलिग्राम सहित इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका-६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभुमी गाउँपालिका-७ की ४२ बर्षीया ईन्दिरा राई र ४९ बर्षीया सिता कार्कीलाई २० किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।