प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकारण सम्बन्धी सचेतना कार्यक्रम

२०८१-१२-२६

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयको आयोजना तथा विराट नर्सिङ होम प्रा.लि.विराटनगरको सहकार्यमा प्रहरी कर्मचारीहरुलाई लक्षित गरी मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकारण सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ । चैत्र २६ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सचेतना कार्यक्रममा विराट नर्सिङहोम विराटनगरका चिकित्सक मानसिक रोग विशेषज्ञ डाक्टर राजन मिश्रले सहभागी प्रहरी कर्मचारीहरुलाई मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रशिक्षणका क्रममा वहाँले आफ्नो जीवनमा आईपर्ने विभिन्न किसिमका तनाव, पारिवारिक तथा सामाजिक समस्या, मस्तिस्कमा हुने रोग, दिर्घकालिन शारिरिक रोग, बंशाणुगत रोगका कारण मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुग्ने हुँदा मानव मस्तिस्कलाई स्वस्थ्य राख्न सन्तुलित आहार, प्रयाप्त निन्द्रा, मनोरन्जन, शारिरिक तथा मानसिकरुपमा सकृय रहनु पर्ने सचेतना अभिबृद्दि गर्नुका साथै मानसिक स्वास्थ्यमा समस्या आएमा मन मिल्ने साथी वा आफन्तलाई जानकारी गराउने र नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न तथा मनोचिकित्सक,मनोसामाजिक परामर्सदातासंग सहयोग लिन जानकारी गराउनु भएको थियो ।

प्रशिक्षणकै क्रममा विराट ग्रुपका सिईओ डाक्टर निकिता कार्कीले मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामुलक जानकारी गराउनुका साथै प्रहरी कर्मचारीहरुलाई आवश्यक स्वास्थ्य सेवा उपलव्ध गराउन विराट नर्सिङ होम प्रा.लि. कोशी प्रदेश प्रहरी कार्यालयसंग सहकार्य र समन्वयका साथ अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीले स्वस्थ्य प्रहरीले मात्र स्वस्थ्य प्रहरी सेवा प्रदान गर्न सक्ने भएकोले प्रहरी कर्मचारीहरु शारिरिक र मानसिकरुपमा स्वस्थ्य रहन जरुरी रहेको हुँदा सबैले आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल राख्नु पर्ने बताउनु भएको छ । मानसिक स्वास्थ्य विग्रिएमा व्यक्तिगतरुपमा गम्भिर असर पुग्नुको साथै परिवार र सम्पूर्ण समुदाय स्तरमा समेत नकारात्मक प्रभाव पर्दछ । प्रहरी कर्मचारीहरु आफ्नो घर परिवारबाट टाढा रहेर नागरिकहरुको सेवामा २४ सै घण्टा परिचालित हुने हुँदा आफुलाई परेका पिरमार्का तथा स्वास्थ्य समस्या लुकाएर र दवाएर नराख्न प्रहरी कर्मचारीहरुलाई अनुरोध समेत गर्नु भयो । साथै वहाँले प्रहरी कर्मचारीहरुलाई सचेतना प्रदान गर्नु हुने डा. निकिता कार्की तथा डा. राजन मिश्रलाई हृदय देखि हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी लगायत सिनियर प्रहरी अधिकृतहरुका साथै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर र कोशी प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-०४-२७

झापाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २५ गते झापाको झापा गाउँपालिका-४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-९ का ३१ बर्षीय अनिल राईलाई ब्राउन सुगर २ ग्राम ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड नगरपालिका- ८ का  २४ बर्षीय पकंज मैनाली, ३३ बर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका-१० का ४० बर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका-४ का ३४ बर्षीय प्रदिप राई र हुम्ला नाम्खाका ३५ बर्षीय राजु लामालाई ४ सय मिलिग्राम ब्राउन सुगर र नगद १ लाख २२ हजार ९० रुपैँया सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८२-०४-२६

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ११ जना पक्राउ छन् । साउन २५ गते झापा मेचीनगर नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सोहि स्थानका २३ बर्षीय संयोग चौधरी, २३ बर्षीया सुकमाया राई र ३१ बर्षीय दिलिप लिम्बुलाई २ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित र मेचीनगर- ७ का ५६ बर्षीय टिकाराम कोईरालालाई १७५ ग्राम ३१० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराले भद्रपुर नगरपालिका- ५ का ३० बर्षीय सन्तोष श्रेष्ठ र उनको श्रीमती २९ बर्षीया लक्ष्मी राजवंशीलाई २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको इनरूवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी- ५ का ५३ बर्षीय विशाल माझी र २५ बर्षीय सचिन लिम्बुलाई २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीले धरान- ५ बाट २४ बर्षीय आशिष राईलाई निषेधित औषधी ६३८ ट्याब्लेट र क्याप्सुल सहित  नियन्त्रणमा लिएको हो । त्यस्तै बराहक्षेत्र नगरपालिका- ११ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको प्रहरी टोलीले सोहि स्थानका ५० बर्षीय मुस्ताक मिया र बराहक्षेत्र नगरपालिका- ६ का ४८ बर्षीय बल्ले भन्ने बलराम यादवलाई ७८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुशन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जना पक्राउ
२०८२-०४-२३

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २२ गते मोरङको बिराटनगर- १५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका भारत अररिया फारबिसगंजका ३५ बर्षीय सिकंदर बाखत र सरफराजलाई १ सय ४१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय दमकले ३ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-४ कि २६ बर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका- ५ का २७ बर्षीय संजिब लिम्बु, वसन्त राई र कमल गाउँपालिका- ४ का सन्दिप धिमाललाई पक्राउ गरेको छ । यसै गरी विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- ५ का ४६ बर्षीय राजेन्द्र पंथाकलाई उनले घरमा लुकाई छिपाई राखेको ट्रामाडोल २० हजार क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-२२

मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे-१० का २२ बर्षीय अब्राहम राई र २६ बर्षीय युकेश राईलाई ट्रामाडोल ५९ चक्की सहित र प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- ६ का ३३ बर्षीय प्रेम दाहाल र २२ बर्षीय निसान माझीलाई डायक्लोमाईन र ट्रामाडोल गरी जम्मा ३४९ चक्की सहित पक्राउ गरेको छ । त्यसै गरी प्रहरी चौकी पानबारी सुनसरीले धरान- ६ का २७ बर्षीय चेतनाथ खड्कालाई ट्रामाडोल ९४ क्याप्सुल र डिकोलिक ९५ ट्याब्लेट सहित र प्रहरी बिट आम्बासी उदयपुरले बेलका नगरपालिका- ३ का ३५ बर्षीय शुनिल श्रेष्ठलाई ९ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  

प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जना पक्राउ
२०८२-०४-२२

झापाको कमल गाउँपालिका- ६ स्थितबाट प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते झापाको कमल गाउँपालिका- ६ स्थित बिष्णु प्रसाद बगालेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष  सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरको कोठा भित्र प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार क्याप्सुल, डायक्लोमाई २ हजार १ सय १० ट्याव्लेट र स्पास्पेन २ हजार ५० ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित औषधी बरामद भए संगै घर धनी बगाले र बेचबिखनमा संलग्न दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक ४० बर्षीय गंगा बहादुर खड्कालाई नियन्त्रणमा लिएको हो ।  

नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जना पक्राउ
२०८२-०४-२१

सुनसरीको कोशी गाँउपालिका-८ स्थितबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका-१ का २५ बर्षीय राजेश चमार रजक र  हनुमान कंकालिनी गाउँपालिका-२ का २५ बर्षीय राजेश कुमार रजक रहेका छन । साउन १९ गते राती इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लु. ९२ प २३८० नम्बरको मोटरसाईकल पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान बरामद गरे संगै मोटरसाईकल चालक राजेश कुमार रजक समेतलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।