पहिलो उपचार सहयोगी (Medical First Responder) तालिम पहिलो समुहको समुद्घाटन
२०८१-१२-२६
- A
- A-
- A+
कोशी प्रदेश कार्यालय विराटनगरको तत्वावधानमा ५ कार्य दिनको पहिलो उपचार सहयोगी (Medical First Responder) तालिम पहिलो समुहको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा चैत्र २६ गते बिहान तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुवास भट्टराईको प्रमुख आतिथ्यतामा उक्त तालिमको उद्घाट भएको हो ।
तालिम समुद्घाटन कार्यक्रममा बोल्नुहुदै तालिम संयोजक भट्टराईले बिपद, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य प्रकारको घटनाहरुमा परेर घाईते भएका मानिसहरुलाई तत्काल उद्दार गर्न पुगेको प्रहरी टोलीले प्राथमिक उपचार सम्बन्धी ज्ञान हासिल गर्न अनिवार्य रहेको हुँदा उक्त तालिम संचालन गरिएको बताउनु भयो । साथै जुनसुकै घटनामा तत्काल प्राथमिक उपचारकोलागी घटनास्थलमा स्वास्थ्य कर्मीहरु सहजै उपलब्ध नहुने भएको हुँदा प्रहरी द्दारानै घाईते भएका ब्यक्ति हरुलाई घटनास्थलमा दिईएको प्राथमिक उपचारले तत्काल मृत्यु हुनबाट बचाउनुको साथै पहिलो उपचारले वाँहाहरुमा आशाको किरण जाग्रीत भई अस्पताल सम्म पुग्दाको समयमा हुने पिडालाई कम गर्न मद्दत मिल्ने बताउनु भयो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।