लागुऔषध सहित ८ जना पक्राउ
२०८१-१२-२५
- A
- A-
- A+
झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र २५ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१४ का ६० बर्षीय छटु यादव र १९ बर्षीय भुपेन यादवलाई उनिहरुको घरबाट ४५ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी बिशेष सुचनाकै आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र दमकबाट खटिएको प्रहरी टोलीले सुनसरी रामधुनी घर भई हाल झापा दमकमा डेरा गरि बस्दै आएका २६ बर्षीय विवेक माझीलाई उनकै कोठाबाट ट्रामाडोल ९ हजार १८० ट्याब्लेट, स्पास्टिन १६ हजार ५०० क्याप्सुल र नगद २ लाख ८९ हजार रुपैँया सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी बिट बरगाछी र अस्थायी प्रहरी पोष्ट जोरसखुवाले स्पास्मो १२२ क्याप्सुल, ट्रामाडोल २७५ क्याप्सुल र स्पास्पाईज २८० चक्की सहित धरान-१ का ५६ बर्षीय राजु क्षेत्री, २९ बर्षीय सकुल अधिकारी र १९ बर्षीय ओसिन डंगोललाई नियन्त्रणमा लिएको हो
त्यस्तै गरी झापाको लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले ब्राउन सुगर १० ग्राम १ मिलिग्राम सहित बिर्तामोड-६ का ३० बर्षीय संतोष भट्टराईलाई र बेलका-५ उदयपुरका ३० बर्षीय मिलन राईलाई ट्रामाडोल र स्पाईस ६७ चक्की सहित प्रहरी चौकी लालबजार उदयपुरले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।