प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागुऔषध सहित १२ जना पक्राउ

२०८१-१२-२४

  • A
  • A-
  • A+
Share

मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र २३ गते प्रतिबन्धित लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले देश भारत घर भई सुनसरीको धरान उप-महानगरपालिका-९ मा बस्दै आएका ३० बर्षीय विजय साह, धरान-९ का २७ बर्षीय निरन्जन यादव, धरान-१० का २५ बर्षीय विशेष राई र धरान-१७ का २६ बर्षीय निश्चल राईलाई धरान-९ बाट SPASMO PROXYVON -८० ट्याब्लेट, ट्रामाडोल १ हजार ४ सय ४० क्याप्सुल, NITRAZEPAM ७५ ट्याब्लेट र ESKUF ७ बोतल सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरी टोलीले धरान-११ बाट २२ बर्षीय संजिव सुनुवार र १९ बर्षीय सविन परियारलाई TRAMOL-50  लेखिएको ४ सय ६० क्याप्सुल, नियन्त्रित औषधी स्पास्पेन ४ सय ६९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध ब्राउनसुगर २ ग्राम ८९ मिलिग्राम सहित धरान-५ का २६ बर्षीय दिवेश रम्तेल, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २६ बर्षीय रहिस मन्सुरी र सुनसरीको ईटहरी उप-महानगरपालिका-५ का ३२ बर्षीय सनम शेर्पालाई इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले पक्राउ गरेका हुन् ।

यसका साथै सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान-१५ का एक बालकलाई उनकै घर छेउबाट नियन्त्रित औषधी COLIBAN ८ सय ५,  क्याप्सुल र TRAMADOL ८ सय ५ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । यस्तै इलाका प्रहरी कार्यालय उर्लावारीबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लावारी नगरपालिका-५ स्थितबाट १९ बर्षीय सुजन शिवालाई ट्रामाडोल १ सय ६०ट्याब्लेट, स्पाष्मिड १ सय ६० क्याप्सुल सहित नियन्त्रणमा लिए संगै बिक्री बितरणमा संलग्न मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का २९ बर्षीय सुमन गुरुङलाई ट्रामाडोल १ हजार १६ ट्याब्लेट र  स्पाष्मिड ९ सय ८० क्याप्सुल सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।


सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-०४-२७

झापाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २५ गते झापाको झापा गाउँपालिका-४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-९ का ३१ बर्षीय अनिल राईलाई ब्राउन सुगर २ ग्राम ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड नगरपालिका- ८ का  २४ बर्षीय पकंज मैनाली, ३३ बर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका-१० का ४० बर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका-४ का ३४ बर्षीय प्रदिप राई र हुम्ला नाम्खाका ३५ बर्षीय राजु लामालाई ४ सय मिलिग्राम ब्राउन सुगर र नगद १ लाख २२ हजार ९० रुपैँया सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८२-०४-२६

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ११ जना पक्राउ छन् । साउन २५ गते झापा मेचीनगर नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सोहि स्थानका २३ बर्षीय संयोग चौधरी, २३ बर्षीया सुकमाया राई र ३१ बर्षीय दिलिप लिम्बुलाई २ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित र मेचीनगर- ७ का ५६ बर्षीय टिकाराम कोईरालालाई १७५ ग्राम ३१० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराले भद्रपुर नगरपालिका- ५ का ३० बर्षीय सन्तोष श्रेष्ठ र उनको श्रीमती २९ बर्षीया लक्ष्मी राजवंशीलाई २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको इनरूवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी- ५ का ५३ बर्षीय विशाल माझी र २५ बर्षीय सचिन लिम्बुलाई २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीले धरान- ५ बाट २४ बर्षीय आशिष राईलाई निषेधित औषधी ६३८ ट्याब्लेट र क्याप्सुल सहित  नियन्त्रणमा लिएको हो । त्यस्तै बराहक्षेत्र नगरपालिका- ११ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको प्रहरी टोलीले सोहि स्थानका ५० बर्षीय मुस्ताक मिया र बराहक्षेत्र नगरपालिका- ६ का ४८ बर्षीय बल्ले भन्ने बलराम यादवलाई ७८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुशन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जना पक्राउ
२०८२-०४-२३

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २२ गते मोरङको बिराटनगर- १५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका भारत अररिया फारबिसगंजका ३५ बर्षीय सिकंदर बाखत र सरफराजलाई १ सय ४१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय दमकले ३ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-४ कि २६ बर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका- ५ का २७ बर्षीय संजिब लिम्बु, वसन्त राई र कमल गाउँपालिका- ४ का सन्दिप धिमाललाई पक्राउ गरेको छ । यसै गरी विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- ५ का ४६ बर्षीय राजेन्द्र पंथाकलाई उनले घरमा लुकाई छिपाई राखेको ट्रामाडोल २० हजार क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-२२

मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे-१० का २२ बर्षीय अब्राहम राई र २६ बर्षीय युकेश राईलाई ट्रामाडोल ५९ चक्की सहित र प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- ६ का ३३ बर्षीय प्रेम दाहाल र २२ बर्षीय निसान माझीलाई डायक्लोमाईन र ट्रामाडोल गरी जम्मा ३४९ चक्की सहित पक्राउ गरेको छ । त्यसै गरी प्रहरी चौकी पानबारी सुनसरीले धरान- ६ का २७ बर्षीय चेतनाथ खड्कालाई ट्रामाडोल ९४ क्याप्सुल र डिकोलिक ९५ ट्याब्लेट सहित र प्रहरी बिट आम्बासी उदयपुरले बेलका नगरपालिका- ३ का ३५ बर्षीय शुनिल श्रेष्ठलाई ९ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  

प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जना पक्राउ
२०८२-०४-२२

झापाको कमल गाउँपालिका- ६ स्थितबाट प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते झापाको कमल गाउँपालिका- ६ स्थित बिष्णु प्रसाद बगालेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष  सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरको कोठा भित्र प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार क्याप्सुल, डायक्लोमाई २ हजार १ सय १० ट्याव्लेट र स्पास्पेन २ हजार ५० ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित औषधी बरामद भए संगै घर धनी बगाले र बेचबिखनमा संलग्न दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक ४० बर्षीय गंगा बहादुर खड्कालाई नियन्त्रणमा लिएको हो ।  

नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जना पक्राउ
२०८२-०४-२१

सुनसरीको कोशी गाँउपालिका-८ स्थितबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका-१ का २५ बर्षीय राजेश चमार रजक र  हनुमान कंकालिनी गाउँपालिका-२ का २५ बर्षीय राजेश कुमार रजक रहेका छन । साउन १९ गते राती इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लु. ९२ प २३८० नम्बरको मोटरसाईकल पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान बरामद गरे संगै मोटरसाईकल चालक राजेश कुमार रजक समेतलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।