प्रतिवन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ५ जना पक्राउ
२०८१-१२-१४
- A
- A-
- A+
मोरङ, सुनसरी र धनकुटा जिल्लाको बिभिन्न स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत्र १३ गते मोरङको विराटनगर महानगरपालिका-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ब्राउन सुगर ५ ग्राम सहित सुनसरीको धरान-१३ का ३५ बर्षीय राज कुमार राईलाई, मोरङ उर्लाबारी-२ का ३१ बर्षीय संदिप कटुवाललाई ३ ग्राम ब्राउन सुगर सहित र पथरी शनिश्चरे-१० का ३२ बर्षीय प्रेम बहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-१७ का २२ बर्षीय पासाङ तामाङ र २४ बर्षीय सुमन राईलाई ट्रामाडोल ३९७ क्यापसुल र स्पास्पेन ७ ट्याव्लेट सहित पक्राउ गरेको छ ।