जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण
२०८१-१२-१३
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण गर्नु भएको छ । चैत्र १३ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वँहाले आचरण तथा व्यवहारमा सुधार ल्याई आपसी भाईचारा तथा सहयोगी भावनाको साथ आफ्नो काम कर्तव्य, जिम्मेवारीलाई सदैव प्राथमिकतामा राखी संगठनको हित र उद्धेश्यलाई सर्वोपरी ठानी शरिरको अंग मुटु जसरी बिश्राम नलिईकन प्रहरीले नागरिकमैत्री प्रहरी सेवा प्रदानु पर्ने बताउनु भएको छ ।
धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको पहाडी जिल्ला ताप्लेजुङमा लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न दुर्जनको लागि डर र सज्जनको लागी भर भई प्रहरी सेवाको पहुँच पुर्याउन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा ताप्लेजुङ पुग्नु भएका प्रदेश प्रहरी प्रमुख अधिकारीले उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावल सहित लामो समय सम्म दुर्गम जिल्ला ताप्लेजुङ तथा बिभिन्न इकाईहरुमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको थियो ।