प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेशमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा शान्तपूर्पक सम्पन्न

२०८१-१२-०२

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले कोशी प्रदेशमा होली पर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेकोमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा सम्पन्न भयो । फाल्गुन २९ गते पहाडी जिल्ला र चैत्र १ गते तराईका जिल्लाहरुमा मनाईने होली पर्वमा कुनै प्रकारका अप्रिय घटनाहरु हुन गर्न नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन ८ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । चेक जाँचमा कडाइ गर्दै मोबाइल गस्ती, Dog (K9) सहितको स्वीप अपरेसन, क्यूआरटी, चोक बजारमा भएका सिसि क्यामेराको निगरानी, सादा पोसाकमा प्रहरी परिचालन गरी आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाईएको थियो ।

होली पर्वलाई सभ्य, भव्य, सु–संस्कृत र हर्षोल्लासमय वातावरणमा सम्पन्न बनाउन सामाजिक सञ्जाल तथा सञ्चार माध्यमद्वारा सचेतनामूलक सन्देशहरु प्रवाह गरिएको थियो भने प्रदेश अन्तर्गत मुख्य-मुख्य चोक बजार एरिया इलाकाहरुमा कानून विपरित अवाञ्चित गतिविधि नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आपसमा सद्भाव कायम राखी होली पर्व मनाउन सबै प्रहरी कार्यालयहरुलाई माइकिङ समेत गर्न लगाईएको थियो ।

हिमाली र पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा सुरक्षा चुनौती अलि बढी हुने भएकोले राष्ट्रिय पर्व होलीलाई मर्यादित, भव्य र सभ्य तरिकाले मनाउने वातावरण सृजना गर्न, विगतका बर्षहरुमा भएका अपराधिक घटनाहरुलाई समेत मध्येनजर गरी उच्छृङ्खल गतिविधि हुनसक्ने सम्भावित स्थानको पहिचान तथा मानिसहरुको वढी जमघट हुने स्थानहरुमा उल्लेख्य मात्रामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुद बनाईएको थियो ।

होली पर्व मनाउने क्रममा फाल्गुन २९ गते पहाडी जिल्लाहरुमा नियम उल्लंघन गरेर चलाइएका मोटरसाईकल ८ वटा अटो टेम्पो १ वटा र चारपाङ्ग्रे सवारी साधन एउटा प्रहरीले नियन्त्रणमा लिएको थियो भने, चैत्र १ गते तराईका जिल्लाहरुमा होली पर्व मनाउने क्रममा उच्छृंखल गतिविधिमा संलग्न रहेका १३३ जना मानिसलाई निन्त्रणमा लिएको थियो भने मादक पदार्थ सेवन गरी नियम उल्लंघन गरेर चलाइएका दुईपाङ्ग्रे सवारी साधन १ हजार ८ वटा, तीन पाङ्ग्रे ५९ वटा, चार पाङ्ग्र १९ वटा नियन्त्रणमा लिएको थियो ।

कोशी प्रदेश अन्तर्गत प्रहरीको प्रभावकारी सुरक्षा योजना अन्तर्गत व्यवस्थित प्रहरी परिचालनका कारण होलीको पावन अवसरमा कुनै पनि अपृय घटना नघटी शान्त पूर्वक सम्पन्न भएको छ ।

रंगहरुको पर्व होलीलाई सभ्य, शिष्ट, मर्यादित तवरले मनाउनको निमित्त आफ्नो पदिय दायित्व कुशलतापूर्वक निर्वाह गर्नु हुने सकल दर्जाका प्रहरी कर्मचारीहरु तथा होली पर्वलाई मर्यादित बनाउन र प्रहरीलाई समेत साथ, सहयोग, हौसला प्रदान गरी समन्वय एवं सहकार्य गर्नु हुने सम्पूर्ण प्रदेश बासीहरुमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले हृदय देखि धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नु भएको छ ।

 


सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।