प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ

२०८१-११-२८

  • A
  • A-
  • A+
Share

“अवको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ भएको छ । फागुन २८ गते  सुनसरीको इटहरी उप-महानगरपालिका-६ स्थित म्याजिक स्टेण्डमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी बैण्ड सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, पुर्व प्रहरी संगठन, बिभिन्न बिद्यालय, संघ-संस्था, नागरिक समाज, संचारकर्मी तथा स्थानीय वासीहरुको सहभागीतामा लागूऔषध विरुद्धका जनचेतनामुलक प्लेकार्ड सहित प्रभातफेरी र्‍याली निकाली कार्यक्रमको शुभारम्भ भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुर्व्यसन विरुद्धको अभियान “FAN” लाई कम्प्युटरको माध्यमबाट डिजिटल बटम थिचेर कोशी प्रदेशका १४ वटै जिल्लामा एकै साथ शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले लागूऔषधको दुर्व्यसनले हाम्रो समाजलाई पछाडि धकेली रहेको बताउदै आजबाट सुरु भएको लागूऔषध विरुद्धको अभियानलाई सफल बनाउन तीनै तहको सरकार, सुरक्षा निकाय, दुर्व्यवसन विरुद्धका अभियन्ताहरु सवै मिलि सहकार्य र हातेमालो गरी  अगाडि बढेमा दुर्व्यसन मुक्त समाज निर्माण गर्न सकिने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथिले FAN अभियान अन्तरगत गठन भएका FAN क्लवका पदाधिकारीहरुलाई FAN अभियानको टि-सर्ट बितरण गर्नु भएको थियो । यसैगरी  लागूऔषध दुर्व्यसन विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन तथा जनचेतना अभिबृद्धि गर्ने कार्यमा सकृय रहेका FAN लगायत बिभिन्न बिद्यालय तथा संघ संथामा आवद्ध महानुभावहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गर्नु भएको थियो भने  अभियानका परिकल्पनाकार तथा २०७४ साल जेष्ठ ७ गते तत्कालीन जिल्ला प्रहरी प्रमुख हुँदा सुनसरी जिल्लाबाट सुरुवात भएको लागूऔषध दुर्व्यसन विरुद्धको FAN अभियानलाई यसै कार्यक्रम मार्फत कोशी प्रदेशका १४ वटै जिल्लामा विस्तार भईरहेको सुखद अवसरमा परिकल्पनाकार हाल कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई वहाँको अतुलनिय सकृयताको उच्च सम्मान गर्दै FAN जिल्ला कार्य सम्पादन समितिको तर्फबाट प्रदान गरिएको सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा FAN का परिकल्पनाकार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले बिशेष गरी किशोर अवस्थाका बालबालिकाहरु साथी भाईको दवाव, ठूलाबडाको सिको, आफ्नो जिज्ञासा, भ्रम वा अज्ञानताको कारण लागूऔषधको दुर्व्यवसनमा फस्ने उच्च जोखिम रहेको बताउनु हुँदै अवको युद्ध दुर्व्यसन विरुद्ध भन्ने नारालाई आत्मसाथ गर्दै  सबै एक जुट भई अगाडि बढ्न आह्वान गर्नु भएको थियो 

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले धन्यवाद ज्ञापन गर्नु हुदै यो कार्यक्रमलाई यतिमै सिमित नराखी आगामी आर्थिक बर्षमा थप बजेट तथा नीति कार्यक्रमका साथ लागूऔषध दुर्व्यवसनको बढ्दो दरलाई घटाउन सचेतनामुलक कार्यक्रमहरु सहितको आयोजना बनाई अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा इटहरी उप-महानगर पालिकाका प्रमुख हेमकर्ण पौडेल, तत्कालिन सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी FAN का पुर्व संरक्षक ध्रुव बहादुर खडका, FAN जिल्ला कार्य समिति सुनसरीकी बिमला ढकाल, लागूऔषध दुर्व्यसन विरुद्ध सक्रिय मनोज सुवेदी, FAN CLUB का पुर्व बिद्यार्थी रंजु दाहालले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरुले “जागौं सबै जागौं, लागौं सवै लागौं दुर्व्यवसनको विरुद्धमा” भन्ने गितको बोलमा लागू औषध दुर्व्यसन विरुद्ध सचेतनामुलक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका माननीय सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, माननीय पर्यटन तथा वन मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सभा सदस्यहरु, बिभिन्न मन्त्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न पालिकाका प्रमुख तथा उप-प्रमुखहरु, विभिन्न सुधार केन्द्रका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, नागरिक समाज, बुद्धिजिवि, बिभिन्न बिद्यालयका शिक्षक एवं बिद्यार्थीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।