प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ

२०८१-११-२८

  • A
  • A-
  • A+
Share

“अवको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ भएको छ । फागुन २८ गते  सुनसरीको इटहरी उप-महानगरपालिका-६ स्थित म्याजिक स्टेण्डमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी बैण्ड सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, पुर्व प्रहरी संगठन, बिभिन्न बिद्यालय, संघ-संस्था, नागरिक समाज, संचारकर्मी तथा स्थानीय वासीहरुको सहभागीतामा लागूऔषध विरुद्धका जनचेतनामुलक प्लेकार्ड सहित प्रभातफेरी र्‍याली निकाली कार्यक्रमको शुभारम्भ भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुर्व्यसन विरुद्धको अभियान “FAN” लाई कम्प्युटरको माध्यमबाट डिजिटल बटम थिचेर कोशी प्रदेशका १४ वटै जिल्लामा एकै साथ शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले लागूऔषधको दुर्व्यसनले हाम्रो समाजलाई पछाडि धकेली रहेको बताउदै आजबाट सुरु भएको लागूऔषध विरुद्धको अभियानलाई सफल बनाउन तीनै तहको सरकार, सुरक्षा निकाय, दुर्व्यवसन विरुद्धका अभियन्ताहरु सवै मिलि सहकार्य र हातेमालो गरी  अगाडि बढेमा दुर्व्यसन मुक्त समाज निर्माण गर्न सकिने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथिले FAN अभियान अन्तरगत गठन भएका FAN क्लवका पदाधिकारीहरुलाई FAN अभियानको टि-सर्ट बितरण गर्नु भएको थियो । यसैगरी  लागूऔषध दुर्व्यसन विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन तथा जनचेतना अभिबृद्धि गर्ने कार्यमा सकृय रहेका FAN लगायत बिभिन्न बिद्यालय तथा संघ संथामा आवद्ध महानुभावहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गर्नु भएको थियो भने  अभियानका परिकल्पनाकार तथा २०७४ साल जेष्ठ ७ गते तत्कालीन जिल्ला प्रहरी प्रमुख हुँदा सुनसरी जिल्लाबाट सुरुवात भएको लागूऔषध दुर्व्यसन विरुद्धको FAN अभियानलाई यसै कार्यक्रम मार्फत कोशी प्रदेशका १४ वटै जिल्लामा विस्तार भईरहेको सुखद अवसरमा परिकल्पनाकार हाल कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई वहाँको अतुलनिय सकृयताको उच्च सम्मान गर्दै FAN जिल्ला कार्य सम्पादन समितिको तर्फबाट प्रदान गरिएको सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा FAN का परिकल्पनाकार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले बिशेष गरी किशोर अवस्थाका बालबालिकाहरु साथी भाईको दवाव, ठूलाबडाको सिको, आफ्नो जिज्ञासा, भ्रम वा अज्ञानताको कारण लागूऔषधको दुर्व्यवसनमा फस्ने उच्च जोखिम रहेको बताउनु हुँदै अवको युद्ध दुर्व्यसन विरुद्ध भन्ने नारालाई आत्मसाथ गर्दै  सबै एक जुट भई अगाडि बढ्न आह्वान गर्नु भएको थियो 

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले धन्यवाद ज्ञापन गर्नु हुदै यो कार्यक्रमलाई यतिमै सिमित नराखी आगामी आर्थिक बर्षमा थप बजेट तथा नीति कार्यक्रमका साथ लागूऔषध दुर्व्यवसनको बढ्दो दरलाई घटाउन सचेतनामुलक कार्यक्रमहरु सहितको आयोजना बनाई अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा इटहरी उप-महानगर पालिकाका प्रमुख हेमकर्ण पौडेल, तत्कालिन सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी FAN का पुर्व संरक्षक ध्रुव बहादुर खडका, FAN जिल्ला कार्य समिति सुनसरीकी बिमला ढकाल, लागूऔषध दुर्व्यसन विरुद्ध सक्रिय मनोज सुवेदी, FAN CLUB का पुर्व बिद्यार्थी रंजु दाहालले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरुले “जागौं सबै जागौं, लागौं सवै लागौं दुर्व्यवसनको विरुद्धमा” भन्ने गितको बोलमा लागू औषध दुर्व्यसन विरुद्ध सचेतनामुलक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका माननीय सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, माननीय पर्यटन तथा वन मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सभा सदस्यहरु, बिभिन्न मन्त्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न पालिकाका प्रमुख तथा उप-प्रमुखहरु, विभिन्न सुधार केन्द्रका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, नागरिक समाज, बुद्धिजिवि, बिभिन्न बिद्यालयका शिक्षक एवं बिद्यार्थीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित
२०८२-१२-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर- ०५ जस्तो अतिसंबेदनशिल निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएको, Gen-Z आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियाहरु र हिरासतबाट भागी फरार भएका प्रतिवादीहरु खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकको छेउमा रहेको खाली जग्गाको झाडीमा Y13487 नम्बरको मार्का-४ राईफल थान-१ र विभिन्न स्थानहरुबाट १९ जना प्रतिवादीहरुलाई पक्राउ गरेको साथै फागुन महिनामा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा Gen-Z आन्दोलन सँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई १० वटा नै फर्छ्यौट भएको, Gen-Z आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीय बासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्यमा निरन्तरता दिई नेतृत्वदायी भुमिका निर्वाह गरेको, ध्वनी प्रदुषण गर्ने २१७ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा पेण्डिङ मुद्दाका मिसिलहरु सम्बन्धित कार्यालयहरुसँग समन्वय गरी मिसिल पुनःनिर्माण गर्न भुमिका निर्वाह गरेको साथै हाल सम्म बिभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरु समेत पक्राउ गर्न अहम भुमिका निर्वाह गरी आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-०२

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०१ गते झापाको दमक नगरपालिका- ५ स्थितमा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका मोहन यादव र गौरीगंज गाउँपालिका- १ का प्रवेश राईलाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले मेचिनगर- ६ बाट मे. ६ प ७७२६ नम्बरको मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका- ७ का लाख बहादुर योंङहालाई २ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रण लिएको छ । त्यस्तै सुनसरीको कोशी गाउँपालिका- १ बाट इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक दुहवी- २ का सुशान्त चौधरी, मोटरसाईकल पछाडी सवार दुहवी- १० मेराज चौधरीलाई ८ ग्राम ११० मिलिग्राम सहित र भोक्राहा नरसिंह गाउँपालिका- ६ बाट मोरङ कानेपोखरी गाउँपालिका- ७ का शुरेन्द्र जिमीलाई ६ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जना पक्राउ
२०८२-११-३०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र  गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका- २ औरावनी चोक स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका- ८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई संचालन गर्दै आएको शिव महिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वतरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- ३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-११-२९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान-१३ स्थितबाट संखुवासभा सिलिचोङ गाउँपालिका-४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसताक्षी नगरपालिका-११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी-८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।