प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
२०८१-११-१२
- A
- A-
- A+
सुनसरी धरान उप-महानरपालिका-१६ स्थित प्रतिबन्धित औषधी सहित
१ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ११ गते लागूऔषध कारोबार भईरहेको भन्ने
गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलिले धरान
उप-महानरपालिका-८ की २९ बर्षीय सुस्मा तामाङको कोठाबाट प्रतिबन्धित औषधी ट्रमाडोल-३२१० क्याप्सुल, स्पासरेस्ट-१६६० ट्याब्लेट र स्पापेन- ७३० ट्याब्लेट
सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी उदयपुर
त्रियुगा नगरपालिका-४ स्थित अस्थायी प्रहरी चौकी बगाहाबाट गस्तिमा खटिएको प्रहरी
टोलिले गाईघाट कदमाहा सडक खण्डमा वेवारिसे
अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल-५०० पिस ट्यावलेट बरामदको छ ।