सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८१-११-०५
- A
- A-
- A+
झापाको अर्जुनधारा नगरपालिका-७ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका पौने छ बजे मधुगिता क्रसर उद्योगको को.१ख ७०१४ नम्वरको टिफरले मिस गिटी अनलोड गरी टिफर अगाडि बढाउने क्रममा सोही क्रसरका कामदार हल्दिबारी गाउँपालिका-२ का २५ बर्षीय मोहन किस्कुलाई ठक्कर दिई दुर्घटना हुँदा उनको घटना स्थलमा नै मृत्यु भएको थियो । ठक्कर दिने टिफर चालक मोरङ उर्लाबारीका ४१ बर्षीय गुमानध्वज खडकालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानूनि कारवाही भईरहेको छ ।