लागूऔषध सहित पक्राउ
२०८१-११-०५
- A
- A-
- A+
झापाको झापा गाउँपालिका-५ स्थितमा प्रहरी चौकी शरणामतीबाट खटिएको गस्ति टोलीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो चेकजाँचको क्रममा मे. ३ प २०६६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका झापा गाउँपालिका-५ का २५ बर्षीय तोफिजुल अली र २० बर्षीय चान महमदलाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।