प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित २ जना पक्राउ

२०८१-१०-१७

  • A
  • A-
  • A+
Share

मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १६ गते सुन्दरहरैचा नगरपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा केराबारी गाउँपालिका-५ का ३२ बर्षीय यादव बिश्वाकर्मलाई ट्रमाडोल र स्पास्पेन गरि जम्मा १५५ ट्याब्लेट सहित पक्राउ  गरेको हो भने प्रहरी चौकी हसन्दहले पथरीशनिश्चरे नगरपालिका-५ का २१ बर्षीय दुर्गा ऋषिदेवलाई ट्रमाडोल र स्पासपेन गरी जम्मा ८० ट्याब्लेट सहित निजकै घरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

सम्बन्धित समाचार
प्रतिबन्धित लागूऔषध सहित ३ जना पक्राउ ।
२०८१-११-०६

मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ-७ स्थितबाट इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा  स्थानिय २० बर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल-९६, स्पास्टिन-२३८ क्याप्सुल र नाईट्रेजेपाम-४ ट्यापलेट सहित प्रकाउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायीप्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलोले धरान उप-महानगरपालिका-१६ का २० बर्षीय निशान तामाङको साथबाट ट्रमाडोल-१८२ क्याप्सुल र स्पास्पेन-१८२ चक्की सहित पक्राउ गरेको छ भने उदयपुर त्रियुगा नगरपालिका-३ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलिले स्थानिय २७ वर्षीय  दिपेश चौधरीलाई ५७ एम्पुल लागूऔषध औषधी सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागूऔषध पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

आगलागीबाट ५ घर जली नष्ट
२०८१-११-०५

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ स्थित हलेसी बजारमा आगलागी हुँदा ३ वटा घर पूर्णरुपमा र २ वटा घर आंसिकरुपमा जली नष्ट भएको छ । फागुन ४ गते साँझ ७ बजे पदम राईको हार्ड-वेयर पसल रहेको काठ र जस्ताले बनेको ३ तले घरमा रहेको भान्सा कोठाबाट ग्याँस लिक भई आगोलागी हुँदा उक्त घर नजिकमा रहेको आइरख राईको न्यु कल्याण होटल रहेको ४ तले पक्की घर र काठको २ तले घर पूर्णरुपमा जली नष्ट भएको र प्रकाश चन्द्र गिरीको २ तले पक्की घर, १ तले भान्सा घर तथा भरणशेर राईको पारुहाङ होटल रहेको ४ तले पक्की घरमा आंशिक क्षेती भएको थियो । आगोलागीबाट करिव ७ करोड ३० लाख बरावरको धनमाल जली नष्ट भएको छ भने उक्त आगलागी जिल्ला प्रहरी खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टको कमाण्डमा ४१ जना नेपाल प्रहरी सहित नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानियबासीको सहयोगमा राती सवा १ बजे पूर्णरुपमा नियन्त्रण गरिएको थियो ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-११-०४

झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०३ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थित अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २९ बर्षीय मनिष प्रधान र ४० बर्षीय बिरेन उराउको साथबाट ब्राउन सुगर १ ग्राम ७२० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी टाघनडुब्बाको प्रहरी टोलीले मोरङ पथरी शनिश्चरे नगरपालिका-८ का २४ बर्षीय दिपिन माझीलाई १ ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित झापा गाउँपालिका-४ बाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।