प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध गाँजा र औषधी सहित ३ जना पक्राउ

२०८१-१०-१६

  • A
  • A-
  • A+
Share

 सुनसरीको २ छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय अर्बिन कुमार यादवको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा माघ १५ गते  दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह (PIT) र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यादवको  घरको कम्पाउण्ड खानतलाशी गर्दा खाल्टो खनेर ड्रम भित्र प्लाष्टिकले प्याक गरेर साथै घर भित्र जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थाको ३९ किलो २९० ग्राम लागुऔषध गाँजा बरामद गरी यादवको  ३५ बर्षीया श्रीमती सोनि कुमारी यादवलाई  नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी श्याम चौक सुनसरीबाट खटिएको प्रहरी टोलीले माघ १५ गते दिउँसो धरान उप-महानगरपालिका -१५ शुसन टोलका १८ बर्षीय उषण भुजेललाई घरको कोठा भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी SPASPAIN-२ हजार ८० चक्की सहित नियन्त्रणमा लिएको हो । लागुऔषध गाँजा र औषधी सहित पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागूऔषध सहित ३ जना पक्राउ ।
२०८१-११-०६

मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ-७ स्थितबाट इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा  स्थानिय २० बर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल-९६, स्पास्टिन-२३८ क्याप्सुल र नाईट्रेजेपाम-४ ट्यापलेट सहित प्रकाउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायीप्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलोले धरान उप-महानगरपालिका-१६ का २० बर्षीय निशान तामाङको साथबाट ट्रमाडोल-१८२ क्याप्सुल र स्पास्पेन-१८२ चक्की सहित पक्राउ गरेको छ भने उदयपुर त्रियुगा नगरपालिका-३ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलिले स्थानिय २७ वर्षीय  दिपेश चौधरीलाई ५७ एम्पुल लागूऔषध औषधी सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागूऔषध पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

आगलागीबाट ५ घर जली नष्ट
२०८१-११-०५

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ स्थित हलेसी बजारमा आगलागी हुँदा ३ वटा घर पूर्णरुपमा र २ वटा घर आंसिकरुपमा जली नष्ट भएको छ । फागुन ४ गते साँझ ७ बजे पदम राईको हार्ड-वेयर पसल रहेको काठ र जस्ताले बनेको ३ तले घरमा रहेको भान्सा कोठाबाट ग्याँस लिक भई आगोलागी हुँदा उक्त घर नजिकमा रहेको आइरख राईको न्यु कल्याण होटल रहेको ४ तले पक्की घर र काठको २ तले घर पूर्णरुपमा जली नष्ट भएको र प्रकाश चन्द्र गिरीको २ तले पक्की घर, १ तले भान्सा घर तथा भरणशेर राईको पारुहाङ होटल रहेको ४ तले पक्की घरमा आंशिक क्षेती भएको थियो । आगोलागीबाट करिव ७ करोड ३० लाख बरावरको धनमाल जली नष्ट भएको छ भने उक्त आगलागी जिल्ला प्रहरी खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टको कमाण्डमा ४१ जना नेपाल प्रहरी सहित नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानियबासीको सहयोगमा राती सवा १ बजे पूर्णरुपमा नियन्त्रण गरिएको थियो ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-११-०४

झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०३ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थित अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २९ बर्षीय मनिष प्रधान र ४० बर्षीय बिरेन उराउको साथबाट ब्राउन सुगर १ ग्राम ७२० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी टाघनडुब्बाको प्रहरी टोलीले मोरङ पथरी शनिश्चरे नगरपालिका-८ का २४ बर्षीय दिपिन माझीलाई १ ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित झापा गाउँपालिका-४ बाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।