हरिणको मासु सहित १ जना पक्राउ
२०८१-१०-१३
- A
- A-
- A+
मोरङको लेटाङ नगरपालिका-९ स्थित हरियालि सामुदायिक वन स्थितबाट काट्दै गरेको हरिणको मासु सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४७ बर्षीय कुमार राई रहेका छन् । माघ १२ गते साँझ बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी जाँते र इलाका वन कार्यालय मंगलबारेबाट खटिएको टोलीले राईले वनमा हरिणको मासु काट्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनका उनको थप अनुसन्धान भईरहेको छ ।