प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ५ जना पक्राउ

२०८१-१०-०८

  • A
  • A-
  • A+
Share

झापा र उदयपुरबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ०७ गते झापाको झापा गाउँपालिका-२ र ५ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ११ ग्राम ६१५ मिलिग्राम ब्राउन सुगर सहित अर्जुनधारा नगरपालिका-५ का ३० बर्षीय प्रबिण गिरी, कन्काई नगरपालिका-८ का २५ बर्षीय सुमन राजबंशी, पाँचथर फिदिमका १९ बर्षीया रदिमा बर्देवा र १८ बर्षीया ईन्दिरा लिम्बुलाई पक्राउ गरेको छ ।
त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका- ३ कि २८ बर्षीया सम्झना राईलाई ५ किलो ९९० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
आन्तरीक मामिला तथा कानून मन्त्रालयद्वारा श्रव्यदृश्य उत्पादनका सामग्री हस्तान्तरण
२०८१-१०-०९

आन्तरीक मामिला तथा कानून मन्त्रालयद्वारा श्रव्यदृश्य उत्पादनका सामग्री हस्तान्तरण विराटनगर, माघ ०९ गते । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई श्रव्यदृश्य उत्पादनका सामग्री (क्यामेरा र अडियो रेकर्डर) हस्तान्तरण गरेको छ । माघ ९ गते आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव कमल थापाले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नु हुँदै निमित्त प्रदेश सचिव कमल थापाले कोशी प्रदेश प्रहरी कार्यालयले आम जनमानसमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न संचालन गरीरहेको बिभिन्न सचेतनामुक कार्यक्रमहरुलाई थप टेवा पुर्‍याउनको लागि उक्त सामाग्रीहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।  साथै वँहाले आगामि दिनहरुमा समेत यस्तो प्रकारको सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीले कोशी प्रदेश प्रहरी कार्यालयबाट उत्पादित जनचेतनामुलक सामग्रीहरु सामाजिक संजाल, रेडियो र टेलिभिजनको माध्यमबाट प्रसारण गरी आम नागरिकमा सचेतना अभिवृद्धि गराउनको निम्ति प्राप्त भएको उक्त सामग्रीले सचेतनामूलक कार्यक्रमहरु उत्पादनमा थप प्रभावकारिता ल्याउने वताउनुका साथै सामग्री  हस्तान्तरण गर्नु हुने कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई बिशेष धन्यवाद दिनु भएको थियो । हस्तान्तरण कार्यक्रममा मन्त्रालयका पदाधिकारी तथा प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८१-१०-०७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । माघ ७ गते दिउँसो भएको उक्त कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालय बढुवा समितिको मिति २०८१ पुस २९ गतेको निर्णय अनुसार नेपाल प्रहरीको जनपद समुह तर्फको प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ट उपरिक्षक पदमा बढुवा सिफारीस सूचिमा पर्नु भएका जिल्ला प्रहरी कार्यालय इलामका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाललाई कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीले धन्यवाद तथा  शुभकामना दिनुका साथै  मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी उपरीक्षक हरी ढंगोल लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत हरुको उपस्थिति रहेको थियो ।

“प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम
२०८१-१०-०६

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले संचालन गर्दै आईरहेको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम अन्तरगत प्रदेश प्रहरी प्रमुख र प्रहरी कर्मचारीहरु बिच प्रत्यक्ष टेलिफोन सम्वाद भएको छ । माघ ६ गते संचालन भएको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रममा पहाडी जिल्ला सोलु र ओखलढुंगाका दुर्गम भेगका प्रहरी इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रत्यक्ष टेलिफोन संवाद गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी समक्ष आ-आफ्नो व्यक्तिगत पिरमार्का, समस्या तथा गुनासो राखेका थिए भने आ-आफ्नो एरिया इलाकाको समग्र वस्तुस्थितिको बारेमा समेत अवगत गराएका थिए । भौगोलिक रुपमा सुगम देखि अत्यन्त दुर्गम पहाडी र हिमाली जिल्ला समेत रहेको यस प्रदेशमा बिभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्षरुपमा भेटेर आफ्नो समस्या तथा गुनासो राख्न कठिनाई भएको कारण टेलिफोन संवादका माध्यमबाट प्रदेश प्रहरी प्रमुख समक्ष उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेश्रो शुक्रवार निरन्तररुपमा संचालन भईरहेकोमा माघ महिनाको पहिलो शुक्रवार विविध कार्यक्रम पर्न गएको हुँदा उक्त कार्यक्रम आईतवार संचालन गरिएको हो ।