दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८१-०९-०९
- A
- A-
- A+
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको पत्र अनुसार प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार पदमा पदोन्नती हुनु भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयको सभाहलमा एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ । पदोन्नती हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनुहुदै पदोन्नती सँगै प्राप्त भएको जिम्मेवारीलाई नयाँ उर्जाका साथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।