नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८१-०९-०४
- A
- A-
- A+
सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०४ गते बिहान स्थानीय ३० बर्षीय डिकन राईको घरमा लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीको टोलीले उनको घर खानतलासी गर्दा कोठामा लुकाई राखेको नियन्त्रित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा ४ हजार ४ सय क्यासुल, नेपाली रुपैंया २१ हजार ५ सय रुपैया सहित डिकन राई र २३ बर्षीया सुमित्रा राई समेतलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।