प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बोलेरो र मोटरसाईकल आपसमा ठक्कर लाग्दा मोटरसाईकल चालकको मृत्यु

२०८१-०८-१३

  • A
  • A-
  • A+
Share

झपाको शिवसताक्षी नगरपालिका-१ कमल पुल स्थित पुर्ब पश्चिम लोकमार्गमा बोलेरो र  मोटरसाईकल आपसमा ठक्रकर लाग्दा मोटरसाईकल चालकको मृत्यु भएको छ । मंसिर १२ गते साँझ बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-००१ च ८२२१ नम्बरको बोलेरो र प्रदेश १-०१-००१ च ८२२१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लाग्दा मोटरसाईकल चालक शिवसताक्षी-८ का ४० बर्षीय ललित बहादुर थापा घाईते भई उपचारको क्रमममा बिएनसी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो । बोलेरो चालक मेचीनगर नगरपालीका-८ काकडभिट्टाका ३१ बर्षीय विशाल खवासलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान  गरिरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०९-२९

मोरङ र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २८ गते मोरङको बिराटनगर-१५ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुन्दरहरैचा नगरपालिका-७ का २२ बर्षीय विवश राई र २७ बर्षीय निरज चौधरीलाई शंका लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुको साथबाट १ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर-१६ बाट प्रदेश १-०२-०५२ प ७७१९ नम्बरको स्कुटर चालक बिराटनगर-८ का २७ बर्षीय निर्दोष शिवाकोटी र पछाडि सवार बिराटनगर-६ का २८ बर्षीय आषिश गिरीलाई लुपिजेसिक, डाइजापाम, फेनरागन र एभिल गरि जम्मा २० एम्पुल सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी उदयपुरको बेलका नगरपालिका-७ स्थितबाट बेबारीसे अबस्थामा रहेको ५० किलोग्राम गाँजा अस्थायी प्रहरी पोष्ठ मैनामैनीले बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८१-०९-२९

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार अनुसार प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदवाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई एक कार्यक्रमको समारोह बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले दर्ज्यानी चिन्हले सुशोभन गर्नु भएको छ । पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । सुशोभन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी उपरीक्षक आर्कीटेक हरी प्रसाद ढंगोल लगायत सिनीयर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

संयुक्तरुपमा भिड नियन्त्रण सम्वन्धी डेमोस्ट्रेशन
२०८१-०९-२८

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित खेल मैदानमा संयुक्तरुपमा भिड नियन्त्रण सम्वन्धी डेमोस्ट्रेशन कार्यक्रम सम्पन्न भएको छ । पुस २८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको बिशिष्ट अतिथ्यतामा भएको डेमोस्ट्रेशनमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले हुलदंगा, बन्द हड्ताल, तालाबन्दी, आगजनी, तोडफोड, अवरोध लगायतका भिडलाई व्यवस्थापन तथा नियन्त्रण गर्न संयुक्तरुपमा डेमोस्ट्रेशन गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला सुरक्षा समिति सुनसरीका पदाधिकारी, प्रहरी अधिकृतहरु तथा प्रहरी कार्मचारीका साथै सञ्चारकर्मीहरू समेतको उपस्थिति रहेको थियो ।  

१ थान भरुवा बन्दुक सहित ५ जना पक्राउ
२०८१-०९-२८

सुनसरीको धरान उप-महानगरपालिका-१९ हरियाली चारकोसे जंगल स्थितबाट १ थान भरुवा बन्दुक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानबाट रासतालतर्फ जादै गरेको बा. ४ च ४३३ नम्बरको कारलाई चेकजाँच गर्दा कारको सिटको मुनि लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक १ थान, गोली ५ थान, बारुद, खुकुरी १ थान फेला पारी कार चालक इटहरी-१३ का ३५ बर्षीय ज्योतिस चौधरी सहित कारमा सवार रामधुनी नगरपालिका-७ का ३३ बर्षीय सन्जु राई, ३१ बर्षीय विनय राज धामी, २८ बर्षीय दिवश माझी र सुन्दरहरैचा नगरपालिका-२ मोरङका ४१ बर्षीय मेहरमान भुजेललाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८१-०९-२८

मोरङ र सुनसरीबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते मोरङको धनपालथान गाउँपालिका-३ स्थितमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले स्थानीय चन्द्रदेव मण्डलको घर खानतलासी गर्दा उक्त घर कोठाबाट २५ किलोग्राम गाँजा बरामद गरी मण्डललाई नियन्त्रणमा लिएको हो । त्यसैगरी अस्थायी प्रहरी पोष्ट विष्णुपादुका धरानले चेकजाँचको क्रममा को. २४ प ३८९२ नम्बरको मोटरसाईकलबाट १६ किलोग्राम गाँजा बरामद गरेसगै मोटरसाईकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २९ बर्षीय विवेक राई र मोटरसाईकल पछाडी सवार धरान-२० का २३ बर्षीय अर्जित लिम्बुलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रदेश प्रहरी प्रमुखबाट मातहत कार्यालय प्रमुखहरुलाई निर्देशन सम्वोधन
२०८१-०९-२७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले मातहत कार्यालय प्रमुखहरुलाई शान्ति सुरक्षा, वर्तमान समसामयिक विषय तथा कार्यसम्पान सम्झौता प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । पुस २७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको निर्देशन सम्वोधन कार्यक्रममा उपस्थित मातहत कार्यालय प्रमुखहरुलाई वहाँले नागरिकको अपेक्षा बमोजिम छिटो छरितो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा,  सवारी दुर्घटना न्यूनिकरण, फरार प्रतिवादी पक्राउ, साईवर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा परिचालन हुन निर्देशन  दिनु भएको छ । वहाँले हिउँदको समयमा लाग्ने मेला पर्वमा प्रहरी जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था मजबुद बनाउन, मेलामा प्रहरीको स्टल समेत राखी सचेतनामूलक पर्चा, पम्प्लेट वितरण तथा PSA बजाई आम नागरिकमा सचेतना अभिबृद्धि गर्न निर्देशन दिनु भएको छ । वहाँले कार्यसम्पादन सम्झौतालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अनुरोध गर्दै कार्यसम्पादन बमोजिम सर्वोत्कृष्ट कार्य गर्ने कार्यालय प्रमुखलाई पुरस्कृत गरिने बताउनु भयो ।  साथै वहाँले सिमित स्रोत साधनको वावजुद पनि मेहनतका साथ कोशी प्रदेशमा शान्ति सुरक्षा प्रभावकारी बनाउन महत्वपूर्ण कार्य गर्नु हुने मातहत कार्यालय प्रमुखहरुलाई हृदय देखि आभार व्यक्त गर्नु भएको थियो । निर्देशन सम्वोधन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले समेतको उपस्थिति रहेको थियो ।