प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

२०८१-०८-०४

  • A
  • A-
  • A+
Share

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर ३ गते साँझ पाचँथरको फालेलुङ गाउँपालिका-६ का २४ बर्षीय बसन्त राईलाई ८ ग्राम लागुऔषध ब्राउनसुगर सहित झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट नियन्त्रणमा लिएको हो भने मे. ९ प. ९०३७ नम्बरको मोटरसाईकलका चालक झापा गाउँपलिका-५ का २६ बर्षीय देबेन्द्र चौधरी र मोटरसाईकल पछाडी सवार बिर्तामोड नगरपालिका-५ का ३५ बर्षीय सुरेश श्रेष्ठलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका तिनैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट थप अनुसन्धान भई रहेको छ ।

 

 

 

 

सम्बन्धित समाचार
लागुऔषध सहित मेडिकल संचालक दम्पती र अर्का एक दम्पती पक्राउ
२०८१-१०-१५

सुनसरीको धरान उप-महानगरपालिका-३ गौधारा स्थितबाट मेडिकल संचालक दम्पती र धरान-८ स्थितबाट अर्का एक दम्पतीलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ  । माघ १४ गते राती मेडिकल पसलमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पसल भित्र खानतलासी गर्दा काटुनमा लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित औषधी ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल संचालक धरान-३ का ४१ बर्षीय सुरज वनेम र  उनको श्रीमती ४२ बर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो । यसैगरी धरान-८ का ३१ बर्षीय सन्तोष परियार र उनको श्रीमती २० बर्षीया अनुष्का श्रेष्ठले लागूऔषधको कारोवार गरीरहेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट नियन्त्रित औषधी ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ
२०८१-१०-१४

झापाको दमक नगरपालिका-१० स्थितबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १३ गते दमक-१० सेतुमारी स्थित खेतमा रहेको गोठमा जुवा जन्य खेल भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट १६ थान कौडा र नगद १ लाख ७६ हजार ४ सय ९० रुपैया सहित मोरङ उर्लाबारी नगरपालिका-९ का ४९ बर्षीय हरी बहादुर दर्जी, ४६ बर्षीय मित्र बहादुर मोक्तान, ३७ बर्षीय कुमार राई, उर्लाबारी-८ का ३५ बर्षीय नारथ लिम्बु, झापा दमक नगरपालिका-१० का ३८ बर्षीय बिकाश राई, ४५ बर्षीय घनश्याम खनाल र काठमाण्डौं महानगरपालिका-३४ का ३९ बर्षीय रिजल लामालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रशासन कार्यालय झापाबाट जुवा सम्वन्धि कसुरमा म्याद थप गरी आवश्यक कानूनि कारवाही तथा अनुसन्धान भईरहेको छ ।