प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

२०८१-०७-२५

  • A
  • A-
  • A+
Share

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर, कात्तिक २५ गते ।

झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २४ गते  लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका- ६ पुरानो मेचीपुल स्थितबाट मोरङ पथरी शनिश्चरे नगरपालिका- ८ केर्खा टोल का २१ बर्षीय बिक्रम क्षेत्रीको साथबाट लागुऔषध ब्राउन सुगर १० ग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय ईटहरी, सुनसरीको टोलीले गोप्य सुचनाको आधारमा इटहरी उपमहानगरपालिका- ४ मनकामना टोल का २९ वर्षिय विवेक चौधरीलाई लागुऔषध ब्राउन सुगर २ ग्राम ८९० मिलिग्राम सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनिहरुकोको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०९-११

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १० गते दिउँसो झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-२ का ४६ बर्षीय जीत नारायाण श्रेष्ठलाई १ ग्राम २१ मिलिग्राम ब्राउन सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पकली सुनसरीले ९० मिलिग्राम ब्राउन सुगर सहित इटहरी-१८ का ५९ बर्षीय महिद मिया र उनकै ३० बर्षीय छोरा इब्राम मियालाई पक्राउ गरेको छ भने, अस्थायी प्रहरी चौकी तीनकुनेले  धरान-८ का ३० बर्षीय संजोग तामाङ र २४ बर्षीय रुक्सन पाख्रिनलाई २०६ चक्की ट्रामाडोल र स्पासपेन सहित पक्राउ गरेको हो । यसै गरी मोरङको सुनवर्षी नगरपालिका-६ स्थितमा बेबारिसे अबस्थामा रहेको २५ किलोग्राम लागुऔषध गाँजा प्रहरी चौकी झपडतलले बरामद गरेको हो ।  

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण, श्रोत साधनको अभावलाई व्यवस्थापन गरेर प्रभावकारी प्रहरी सेवा प्रदान गर्न निर्देशन ।
२०८१-०९-११

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय झापा तथा प्रदेश विपद व्यवस्थान कार्यालय चन्द्रगढीको निरीक्षण भ्रमण गर्नु भएको छ । पुस १० गते निरीक्षण भ्रमणको क्रममा वहाँले जिल्ला प्रहरी कार्यालय झापामा रहेका बिभिन्न शाखाहरु लगायत हिरासत कक्ष तथा विपद व्यवस्थापन कार्यालयको निरीक्षण पश्चात जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वहाँले सुरक्षा सदैव सम्वेदनशिल बिषय भएकोले आफुलाई सुम्पिएको जिम्वेवारी चुस्त दुरुस्त अवस्थामा अनुशासित तवरले विश्राम नलिई आफ्नो पदिय दायित्व निर्वाह गर्न र  समाजलाई जीवन्त राख्न ईमान्दारीताका साथ प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । सम्पुर्ण प्रहरी कर्मचारीहरुले प्रहरी कार्यसम्पादन सम्झौता बमोजिम नतिजामुलक कार्य गरी सदैव प्रहरी संगठनको गरीमालाई उच्च बनाउन जोड दिनुका साथै श्रोत साधनको अभाव रहेको भनेर गुनासो मात्र गर्ने होईन, अभावलाई व्यवस्थापन गरेर हामीले प्रवाह गर्ने सेवा नागरिकको मन जित्ने गरी प्रभावकारीरुपमा प्रदान गर्न जरुरी रहेको बताउनु भएको छ ।  हाम्रा अग्रज प्रहरीले हामीलाई दुख गरेर सुम्पिएको जिम्मेवारी हामीले उत्कृष्ट तवरले निर्वाह गरी हाम्रा अनोज प्रहरीहरुलाई पनि अनुशासित, संगठित, भातृत्वभावयुक्त तथा असल अभ्यासका साथ जिम्मेवारी सुम्पिन कटिवद्ध रहनु पर्ने बताउनु भयो । वहाँले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ्ग मुद्दाको सफल अनुसन्धान गर्न र धेरै क्षेत्रफल खुल्ला सिमा रहेको झापा जिल्लामा सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, जंगली हात्तीको आतंकमा स्थानियबासीहरुसंग समन्वय गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउन तथा आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका प्रदेश प्रहरी प्रमुख अधिकारीले  झापा जिल्लामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.ले प्रदेश प्रहरी प्रमुख अधिकारीलाई झापा जिल्लाको समग्र शान्ती शुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालय संगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।  

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८१-०९-११

खोटाङको केपिलासगढी गाउँपालिका-३ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । पुस १० गते दिउँसो काठमाण्डौबाट बाक्सिला तर्फ जाँदै गरेको ना.१ ज ७१८१ नम्बरको सुमो गाडीको टायरमा बाँसको भाटा अड्केकोले गाडी रोकि निकाल्ने क्रममा गाडी अनियन्त्रित भई सडकबाट करिव २ सय मिटर तल झरी दुर्घटना हुदा घाईते भएका केपिलासगढी-का ७३ बर्षीय दुर्गा प्रसाद राईको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको हो । चालक ऐसेलुखर्क गाउँपालिका-१ का सत्रुधन राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान रहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०९-१०

लागुऔषध सहित ६ जना पक्राउविराटनगर, पुस १० गते ।झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ९ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले मे ७ प ४३८८ नम्बरको मोटरसाईकलमा सवार दमक-४ का २२ बर्षीय गोपाल श्रेष्ठलाई २ ग्राम १७० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र मे ३ प ९५३७ न.को मोटरसाईकल चालक शिवसताक्षी-७का २९ वर्षिय भुवन मिश्र र पछाडी सवार ३६ वर्षिय सोमनाथ पौडेललाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा सुनसरी धरान-१५का ३७ बर्षीय अर्जुन राईलाई १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर सहित सहित नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको हरिनगरा गाउँपालिका-७ स्थितमा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ ह २२६१ नम्बरको अटोमा ४ वटा बोरामा १०७ किलोग्राम गाँजा बरामद भएकोमा उक्त गाँजा,अटो र अटो चालक देवानगंज-२ का २० वर्षिय आलम अन्सारी, सह-चालक ४४ वर्षिय मन्जुल मियालाई नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका मानिस र सवारी साधनको वारेमा थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिवादि पक्राउ
२०८१-०९-१०

फरार प्रतिवादि पक्राउबिराटनगर, पुस १० गते ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले डाका कसुर सम्बन्धी मुद्दाका एक जना फरार प्रतिबादिलाई पक्राउ गरेको छ । डाका कसुर सम्बन्धी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।११।२४ गतेको सजाय निर्धारण फैसला आदेशले ४ वर्ष ११ महिना १ दिन कैद र २१ हजार रुपैँया जरिवाना बेरुजु रहि फरार रहेका बिराटनगर महानगरपालिका -८ का २९ बर्षीय हरकित साहलाई मोरङ इटहरी उपमहानगरपालिका-२ पिपल चोकमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।पक्राउ परेका साहलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको छ ।

चाईनिज पेस्तोल सहित १ जना पक्राउ
२०८१-०९-०९

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ अकाहा बजार स्थितबाट चाईनिज पेस्तोल सहित ३८ बर्षीय शमसेर आलमलाई प्रहरीले पक्राउ गरेको छ । पुस ०८ गते राती ९ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नावय उपरीक्षक राम प्रसाद तिमल्सिना सहित खटिएको प्रहरी टोलीले खुर्सित आलमको घर खानतलासी गर्ने क्रममा घरको भान्छा कोठा भित्र प्लास्टिकले बेरेर लुकाई छिपाई राखेको अवैध चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र गोली २ राउण्ड फेला पारी उक्त घरमा रहेका शमसेर आलमलाई नियन्त्रणमा लिएको हो । फरार रहेका खुर्सित आलमको खोजतलास भई रहेको छ भने पेस्तोल सहित पक्राउ परेका आलमको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनि कारवाही तथा आवश्यक थप अनुसन्धान भईरहेको छ ।