कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर “उत्कृष्ट झाँकी प्रदर्शन पुरस्कार” द्वारा सम्मानित
२०८१-०७-०१
- A
- A-
- A+
“६९ औं प्रहरी दिवस २०८१” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर “उत्कृष्ट झाँकी प्रदर्शन पुरस्कार” द्वारा सम्मानित भएको छ । असोज ३० गते प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँमा आयोजित कार्यक्रममा प्रदेशको विविध साँस्कृतिक गतिविधि झल्किने प्रदेश प्रहरी स्तरीय झाँकी प्रदर्शनमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले लिम्बु संस्कृतिमा आधारित "च्याब्रुङ" (के लाङ) प्रस्तुत गरेको थियो । उक्त प्रस्तुति उत्कृष्ट भई तृतीय स्थान हाँसिल गरी पुरस्कृत भएको हो ।