प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली नोट सहित १ जना महिला पक्राउ

२०८१-०६-२३

  • A
  • A-
  • A+
Share

सुनसरीको हरीनगर गाउँपालिका-७ स्थितबाट नक्कली नोट सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज २२ गते बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले हरीनगर गाउँपालिका-७ की ३१ बर्षीया हजरुल खातुनको घर खानतलासी गर्दा उनको ओच्छ्यान मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाको नक्कली नोट १ हजार दर को ५० थान र निषेधित औषधी नाईट्रोसन-१०० चक्की समेत बरामद गरेको थियो । नक्कली नोट र निषेधित औषधी सहित पक्राउ परेकी खातुनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित १० जना पक्राउ
२०८१-०९-०६

लागुऔषध सहित १० जना पक्राउ विराटनगर, पुस ०६ गते । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०५ गते साँझ विशेष सुचानको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २६ बर्षीय महेश राई र २३ बर्षीय मनिस राईलाई निषेधित औषधी ट्रामोल २० हजार क्यासुल सहित नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले ट्रामाडोल २०० क्याप्सुल  र स्पास्पेन १९० ट्याब्लेट सहित धरान-१६ का ३२ बर्षीय रुबिन खड्का र २२ वर्षिय साहिल मगरलाई र प्रहरी चौकी भरौलले रामधुनी- ७ का २१ बर्षीय अबिशेक चौधरी र २१ वर्षिय सन्दिप चौधरीलाई ट्रामाडोल- १५८ क्यापसुल, स्पास्पेन- ५८ ट्याव्लेट र स्पासरेस्ट-१०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३६ वर्षिय सुमन जबेगु र बिर्तामोड-५का २८ वर्षिय रोशन श्रेष्ठ, भोजपुर षडानन्द-७ का ३२ वर्षिय विजय जोगी र बिर्तामोड-१ का २३ वर्षिय मनोज तामाङलाई  ४ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्वारा निर्देशन
२०८१-०९-०५

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी प्रमुखहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण रानी, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी तथा तराई जिल्लाका इलाका प्रहरी कार्यालय (क) स्तर सम्मका प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ । पौष ५ गते  दिउँसो Virtual माध्यमद्धारा निर्देशनको क्रममा वहाँले कार्य सम्पादन सम्झौता बमोजिम कार्यगर्न र भए गरेको कार्य प्रगति विवरण समयमै जाहेर गर्न निर्देशन दिनु भयो । वहाँले सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी, चोरी तस्करी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न प्रहरीले योजनाबद्ध रुपमा दत्त चित्त भएर परिचालन हुन निर्देशन दिनु भएको छ । यसै गरी वाँहाले सत्य सेवा सुरक्षणमको मुल मन्त्रलाई शिरोधार्य गरेर सकारात्मक सोचलाई आत्मसाथ गर्दै शरीरलाई जीवन्त राख्नका लागि जसरी मुटु बिश्राम नलिई निरन्तररूपमा चलायमान रहिरहन्छ त्यसरी समाजको मुटुरूपी प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राखी राख्न मुटु अनवरत धड्के जसरी अहोरात्र अथकरूपमा कर्तव्यको बलीबेदीमा आफूलाई समर्पण गरेर आ-आफ्नो पदीय दायित्व अनुसार अनुशासित र कर्तव्यनिष्ट भएर त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरुलाई आफ्नो जिम्मेवारीको रुपमा लिएर गुनासो रहित तवरले प्रहरी कार्य गर्न निर्देशन दिनु भयो । निर्देशन सम्वोधन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक  अबि नारायण काफ्ले, प्रदेश  प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट फुटबल खेलाडीहरुलाई हौसला सहित शुभकामना
२०८१-०९-०५

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौँमा पुस ७ गते देखि १६ गते सम्म सचालन हुने "४२ औँ आई.जि.पि. रनिङ शिल्ड”  पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीताको लागि कोशी प्रदेशको प्रतिनिधित्व गर्दै जान लाग्नु भएका प्रहरी खेलाडीहरुलाई हौसला सहित सफलताको शुभकामना प्रदान गर्नु भएको छ । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८१-०९-०४

झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ ।  मंसिर ०३ गते सुनसरीको इटहरी उप-महानगरपालिका-१३ स्थित कोशी लोकमार्गमा प्रदेश १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले प्रदेश १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक रंगेली नगरपालिका-६ का ४३ बर्षीय बलराम सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको थियो । त्यसैगरी दुहबी नगरपालिका- ८ स्थितमा  बागमती प्रदेश ०१-०२७ च ०४८२ नम्बरको कारले पैदल यात्री स्थानीय ४५ बर्षीय गणेश गुप्तालाई ठक्कर दिंदा घाईते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको र झापाको मेचीनगर नगरपालिका-८ स्थित मे. ७ प १२३४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मेचीनगर-६ का ३४ बर्षीय दिवश प्रधानको B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्याक्टर चालक दुहवी-१० का २३ बर्षीय अविराम माझी र कार चालक सुन्दरहरैचा-३ का २४ बर्षीय राम नाथ जोगीलाई प्रहरीले नियन्त्रमा लिई आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान गरिरहेको छ ।  

नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८१-०९-०४

सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०४ गते बिहान स्थानीय ३० बर्षीय डिकन राईको घरमा लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बरगाछीबाट  खटिएको प्रहरीको टोलीले उनको घर खानतलासी गर्दा कोठामा लुकाई राखेको नियन्त्रित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा ४ हजार ४ सय क्यासुल, नेपाली रुपैंया २१ हजार ५ सय रुपैया सहित  डिकन राई र २३ बर्षीया सुमित्रा राई समेतलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।