प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ९ जना पक्राउ

२०८१-०६-०३

  • A
  • A-
  • A+
Share

झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २ गते साँझ  सुनसरीको धरान-८ स्थितमा प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा काँकरभिट्टाबाट धरान आउनदै गरेको बा.५ ख ५८१० नम्बरको बसमा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी ट्रामाडोल ८ हजार ९ सय ८० क्याप्सुल बरामद गरेको हो ।  त्यसैगरी बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ-३ का २३ बर्षीय सुरज लिम्बु, २६ बर्षीय किरण मगर, २३ बर्षीय टिकाराम पङगी मगर,  २३ बर्षीय युगल मगर, ६४ बर्षीय मिलन मंगलसिंह लिम्बु र २२ बर्षीय समिर राईलाई नियन्त्रित औषधी ट्रामाडोल, promethazine, cyproheptadinedycyclominehcl समेत १ हजार २ सय २० ट्याब्लेट र गाँजा ७४२ ग्राम सहित नियन्त्रणमा लिएको हो । सोही दिन  झापाको इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ति गाँउपालिका-३ की ४५ बर्षीया जैगुन खातुनलाई १२० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम-७ का २५ बर्षीय राम बहादुर लिम्बुलाई २८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पक्राउ
२०८१-०६-०२

लागुऔषध सहित २ जना पक्राउ विराटनगर, असोज ०२ गते । झापा र सुनसरी जिल्लाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १ गते साँझ झापाको झापा गाउँपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.५ प ९६७३ नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउदै गरेको ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर फेला परेकोमा स्कुटरमा सवार कमल गाउँपालिका-७ का २५ बर्षीय सन्देश लिम्बु र ३६ बर्षीय पुर्ण बहादुर लिम्बुलाई पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका-३ स्थित नेपाल भारत सिमा नजिकबाट ट्रामाडोल १५ हजार ३ सय ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ ।

लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ४ जना पक्राउ
२०८१-०६-०१

मोरङको बिराटनगर महानगरपालिका- १५ र १७ स्थितबाट प्रतिवन्धितलागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाद्र ३१ गते बिहान साढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा संकास्पद अवस्थामा रहेको बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनी लुकाई छिपाई राखेको ४३ किलो ग्राम गाँजा बरामद भए संगै उक्त कार चालक बिराटनगर-१५ का ३२ बर्षीय गणेश चौधरी र कारमा सवार रहेका बिराटनगर-१३ का २२ बर्षीय रोजेश परीयारलाई नियन्त्रणमा लिएको छ । यसै गरी राती साढे ८ बजे सोही टोलीले बिराटनगर-१७ मण्डा पोखरी स्थितमा संकास्पद अवस्थामा रहेको को. २ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडिको भागमा लुकाई छिपाई राखेको अवस्थामा १४६ किलो ग्राम गाँजा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भए संगै गाडी, चालक सुनसरी धरान-१७ का ४५ बर्षीय सुक्षिम राई र गाडीमा सवार धरान-११ का ४६ बर्षीय देवराज राईलाई समेतलाई नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

समाजमा शान्ति सुरक्षा कायम राख्दै चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्नु पर्ने–प्र.ना.म.नि. चन्द्रकुवेर खापुङ
२०८१-०६-०१

समाजमा शान्ति सुरक्षा कायम राख्दै चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गर्नु पर्ने–प्र.ना.म.नि. चन्द्रकुवेर खापुङ बिराटनगर, असोज १ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले नजिकिदै गरेको चाडपर्वहरूलाई लक्षित गरी समाजमा शान्ति सुरक्षा कायम राख्दै चाडपर्व बिशेष सुरक्षा योजना अनुसार कुनै पनि आपराधका घटनाहरू हुन गर्न नपाउने गरी प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।  असोज १ गते दिउँसो भर्चुअल माध्यमद्वारा प्रदेश प्रहरी प्रमुख खापुङले मातहत जिल्ला प्रहरी  प्रमुखहरु तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्यका साथ आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण गरी समाजमा शान्तिसुरक्षा व्यवस्था मिलाउन तथा चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, जुवातास, कालोबजारी नियन्त्रण, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार, अतिसवाजी तथा पटका जन्य पदार्थहरुको ओसार पसारलाई नियन्त्रण गर्न तथा चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवत जावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गरी सवारी दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन  समेत निर्देशन दिनु भयो । निर्देशनकै क्रममा वहाँले प्रहरीले आमनागरीकहरुलाई प्रदान गर्दै आएको प्रहरी सेवालाई प्रभावकारी बनाउदै सचेतना मुलक कार्यक्रमहरुलाई निरन्तररुपमा संचालन गर्ने तथा पेण्डिङ मुद्दाको फलोअप, फरार अपराधीहरूको खोजि कार्यलाई तिव्रता दिदै  शुन्य सहनशिलताका साथ बिभागिय निती निर्देशनलाई अक्षरस पालना गर्न निर्देशन दिनु भएको छ । निर्देशन सम्वोधन कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल तथा सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०८१-०६-०१

मोरङ जिल्लाको छुट्टा छुटै दुई स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ३१ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ का २२ बर्षीय कर्ण लिम्बुलाई ४ ग्राम लागुऔषध ब्राउन सुगर सहित र विराटनगर महानगरपालिका-१५ ढाट स्थित भारतबाट झापा गौरादह नगरपालिका-७ का १९ बर्षीय मन्जिल चौधरीलाई ९३ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।  

सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु
२०८१-०५-३१

मोरङको बिराटनगर महानगरपालिका-१४ स्थितमा सवारी दुर्घटनाहुँदा मोटरसाईकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । भाद्र ३० गते राती साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाईल सडक साईडमा रहेको UP 36 P 2891 नम्बरको ट्रकमा ठक्कर लाग्दा घाईते भएका मोटरसाईकल चालक  बिराटनगर-१५ का १८ बर्षीय राजिव मण्डल र मोटरसाईकल पछाडि सवार रहेका बिराटनगर-१० का २५ बर्षीय कृष्ण मण्डलाई उपचारको लागी बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा कृष्ण मण्डलको मृत्यु भएको हो । उक्त ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।