प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित २ जना पक्राउ

२०८१-०५-२४

  • A
  • A-
  • A+
Share

झापा र मोरङबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ साढे ६ बजे झापाको झापा गाउँपालिका- ४ ग्रामथान स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले प्र. १ -०१-०१७ प १७९८ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल चालक शिवसताक्षी गाउँपालिका- ३ का २१ बर्षीय थरेन्द्र गुरुङको साथबाट २ ग्राम ५९ मिलीग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय डोरिया मोरङबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-४ का २३ बर्षीय सुरज धिमाललाई प्रतिबन्धित औषधी नाईट्राभेट ४ सय २० पिस सहित रतुवामाई नगरपालिका- २ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।     

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०९-१५

लागुऔषध सहित ३ जना पक्राउ विराटनगर,पुस १५ गते । झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापा वुद्धशान्ती गाउँपालिका-४ का २१ बर्षीय पुर्शुराम राईलाई २  ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले भोजपुर हतुवागढी-३ का २२ बर्षीय निकश राईलाई १ किलो ४०० ग्राम गाँजा सहित र धनकुटाको शहिदभूमी-६ का २४ बर्षीय मिलन राईलाई १ किलोग्राम गाँजा, निषेधित औषधी ९ पिस सहित इलाका प्रहरी कार्यलाय छिन्ताङले पक्राउ गरेको छ ।

लागुऔषध गाँजा बोकेको सवारी साधन सहित २ जना पक्राउ
२०८१-०९-१३

लागुऔषध गाँजा बोकेको सवारी साधन सहित २ जना पक्राउ सुनसरी, पुस १३ गते । सुनसरीको धरान उप-महानगरपालिका-४ स्थिबाट लागुऔषध गाँजा बोकेको ग.२ च ८११७ नम्बरको कार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुस १२ गते दिउँसो विशेष सुचानको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको  ग. २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी भित्र  प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा वरामद गरेको हो । गाँजा बरामद भए संगै कार र चालक उदयपुर वेलका नगरपालिका-९ का २३ बर्षीय तिर्थ दर्जी र कारमा सवार बराहक्षेत्र नगरपालिका-१ का ४० बर्षीय कृष्ण बिसुङ्खे समेतलाई नियन्त्रणमा लिइ आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरुद्वारा प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण
२०८१-०९-१३

सर्वोच्च अदालतका माननीय न्यायाधीश सपना प्रधान मल्लज्यू र माननीय न्यायाधीश सारङ्गा सुवेदीज्यूले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । पुस १३ गते अवलोकन भ्रमणको क्रममा पाल्नु भएका वहाँहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले स्वागत गर्नु भएको थियो । अवलोकन भ्रमणको क्रममा वहाँहरुले कोशी प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा, महिला बालबालिका सेवा केन्द्र, सामुदायिक शाखा तथा शिशु स्याहार कक्षको अवलोकन भ्रमण गर्नु भएको थियो । अवलोकन भ्रमणको क्रममा पाल्नु भएका वहाँहरुले कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नु भएको थियो । उक्त कार्यक्रममा उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०९-१२

झापा, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ११ गते दिउँसो झापाको बिर्तामोड नगरपालिका-१ बस स्टेण्ड स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले इलाम सुर्योदय नगरपालिका-८ का २८ बर्षीय सुमित श्रेष्ठलाई ६ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित र दमक नगरपालिका-४ का २१ बर्षीय सन्देश राईलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित झापा गाउँपालिका- ४ बाट इलाका प्रहरी कार्यालय कुमरखोदले पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-२ का २५ बर्षीय अजय कुमार मण्डललाई २७० मिलिग्राम ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय सुनसरीले र  बराहक्षेत्र नगरपालिका-२ का २६ बर्षीय बिज्ञान राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल ९१ ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय चतराबाटले नियन्त्रणमा लिएको हो । त्यसै गरी इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१ प ११६२ नम्बरको मोटरसाईकल सहित बेलका-२ का २४ बर्षीय प्रमोद चौधरी र २६ बर्षीय रोशन चौधरीलाई २ किलोग्राम गाँजा सहित नियन्त्रमा लिएको छ ।

न्यानो कपडा कम्बल बितरण
२०८१-०९-१२

मोरङको बिरानटनगर महानगरपालिका-१६ स्थित दुर्गा मन्दिर परिसरमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा कम्बल बितरण गरिएको छ । पुस १२ गते समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेको विशिष्ट आतिथ्यतामा न्यानो कपडा कम्बल बितरण गरिएको हो । इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा बिराटनगर महानगरपालिका १२,१३,१४,१५,१६ र १७ नम्वर वडामा वसोवास गर्ने अल्पसंख्यक, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलाहरु समेत २ सय जनालाई न्यानो कपडा कम्बल वितरण गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रदेश प्रहरी प्रमुख राजन अधिकारीले हामी बिभिन्न जातजाती, भाषा, धर्म र सस्कृतिको भएता पनि समाजमा भावनात्मक रुपमा सबै समान रहेको हुँदा एक ले अर्कोलाई सकेको सहयोग गर्नु, हामीमा प्रेमको भाव हुनु मानव जातिको परम धर्म र कर्तब्य रहेको बताउनु हुँदै हाम्रो समाज बिभिन्न समस्या र अभावहरुसँग लडिरहेको अवस्थामा मानव सेवामा समर्पित न्यानो कपडा बितरण पुन्य कर्म रहेकोले यस्ता किसिमका समाजसेवी कार्यहरुमा विभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी कोशी प्रदेश प्रहरी निरन्तर मानव सेवामा लागिरहने बताउनु भयो ।  साथै वहाँले यस पुनित कार्यमा सहयोग पुर्‍याउनु हुने सामुदायिक सेवा केन्द्र रानी र समित शारडा स्मृती प्रतिष्ठानलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।   कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, सामुदायिक सेवा केन्द्र रानीका अध्यक्ष किशोर सुव्वा, समित शारडा स्मृति प्रतिष्ठानका अध्यक्ष श्री निवास सारडा, बिराटनगर महानगरपालिका १५ र १६ का वडा अध्यक्ष, स्थानियबासी, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।   

स्कारपियो गाडी दर्घटना हुँदा १ जनाको मृत्यु ८ घाईते
२०८१-०९-१२

भोजपुरको भोजपुर नगरपालिका-५ स्थित भित्री सडक खण्डमा प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कारपियो गाडी आफै अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल झरी दुर्घटना १ जनाको मृत्यु ८ घाईते भएका छन । पुस ११ गते बिहान साढे ७ बजे  बोखिमबाट ट्याम्के तर्फ जाँदै गरेको अवस्थामा उक्त स्कारपियो  दुर्घटना हुँदा घाईते भएका उनिहरुलाई तत्काल जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल भोजपुर पठाईएकोमा झापा गौरादह-७ का ६६ बर्षीय झंक बहादुर घलेको उपचारको क्रममा मृत्यु भएको थियो भने  भोजपुर-५ की ३५ बर्षीय लाक्पाडिकी शेर्पा, ४१ बर्षीय रामकुमार राई, धरान-२ की ३८ बर्षीया ईहा राना सुब्बालाई थप उपचारको लागि प्रभु एयरको हेलिकप्टरद्वारा काठमाण्डौ स्थित KMC अस्पताल पठाईएको छ ।  ईलाम माङसेबुङका नबिन कुमार राई, उनको ३१ महिनाको छोरा मिगेल राई, ३३ बर्षीया मेनुका घले, भोजपुर- ५ की ४० बर्षीय जुनुका राईको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको र झापाको गौरादह नगरपालिका-७ की ५८ बर्षीया देबीकला घले उपचार पश्चात डिस्चार्ज भएकी छन् । गाडी चालक धरान-८ का ४० बर्षीय सुदिप लिम्बुलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।