टेम्पुको ठक्करबाट बालकको मृत्यु
२०८१-०५-१८
- A
- A-
- A+
सुनसरीको गढि गाँउपालिका-२ भमरी चोक स्थितमा टेम्पुको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रमोद साह हलुवाईको ४ बर्षीय छोरा प्रमन साह हलुवाई रहेका छन् । भदौ १७ गते साँझ साढे ६ बजे को. २ ह १८३७ नम्बरको टेम्पुले बाटो क्रस गर्दै गरेको बालकलाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागि बिराट टिचिङ अस्पताल लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टेम्पु र चालक दुहबी नगरपालिका-१० का ४० बर्षीय राम कुमार हरिजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।