कारबाट ठुलो परिमाणको लागुऔषध गाँजा बरामद
२०८१-०५-१७
- A
- A-
- A+
सुनसरीको धरान उप-महानगरपालिका-१३ निसाने स्थितबाट लागुऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ १७ गते बिहान ९ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट चेकिङ्ममा खटिएको प्रहरी टोलीले बा. ११ च ५९४३ नम्बरको कारलाई चेकजाँच गर्दा कार भित्र ४ वटा बोरामा प्याकिङ गरि लुकाई छिपाई राखेको ९८ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसगै उक्त कार समेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।