लागुऔषध ब्राउनसुगर सहित १ जना प्रहरीको नियन्त्रणमा
२०८१-०५-१७
- A
- A-
- A+
लागुऔषध ब्राउनसुगर सहित १ जना प्रहरीको नियन्त्रणमा
झापा, भदौ १७ गते ।
झापाको गौरादह नगरपालिका-३ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरिगंजबाट दमकबाट तर्फ आउदै गरेको को.२७ प ३५४९ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा कमल गाउँपालिका-५ का २१ बर्षीय दिपेन्द्र ताजपुरीयाको साथबाट ९ ग्राम ९ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका ताजपुरीयाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।