प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ४ जना पक्राउ

२०८१-०५-१५

  • A
  • A-
  • A+
Share

मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ४ जनालाइ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको ईटहरी उप-महानगरपालिका-१० का ३७ बर्षीय निकेश साहलाई मोरङको बिराटनगर महानगरपिका-१५ स्थितबाट १ ग्राम ६३ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने CRV भट्टाचोक मोरङबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ का ३७ बर्षीय अरुण मण्डललाई लुपिजेसिक र डाईजेपाम्प ३९ एम्पुल सहित बिराटनगर-१ बाट पक्राउ गरेको हो । त्यसैगरी प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरी टोलीले धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ का २२ बर्षीय संजय राईलाई COLIBAN ४५८ ट्याब्लेट र TRAMADOL ५६० क्याप्सुल सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ बाट ६७० ग्राम लागुऔषध गाँजा र ५३० ग्राम चाँदीको दाना सहित ५० बर्षीया ईन्द्र कुमारी विश्वकर्मालाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहको छ ।

लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर, भदौ १५ गते ।

सम्बन्धित समाचार
प्रतिवन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ
२०८२-०४-१९

झापा, मोरङ र धनकुटाबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ परेका छन् । साउन १८ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका- ५ का २९ बर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी- ४ का २१ बर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर-१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३२ बर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम  ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका-६ का मुकेश बिश्वकर्मा र दिवश राईलाई २ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

३०० ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०४-१७

झापाको कन्काई नगरपालिका-३ सुरुङगा स्थित टेम्पु स्टेण्डबाट ३ सय ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १६ गते इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले कन्काई नगरपालिका-३ सुरुङगा टेम्पु स्टेण्ड स्थितमा चेकजाँचको क्रममा सिन्धुलीको भिमान नगरपालिका-१० का २६ बर्षीय बिनोद बि.क. र झापाको झापा गाउँपालिका-३ की २४ बर्षीया प्रेमकला महतोलाई ३ सय ग्राम  लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भई रहेको छ ।

खुकुरी प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ
२०८२-०४-१७

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका-४ आहालेका २२ बर्षीय मन कुमार बि.क.लाई आफ्नै भाईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । साउन १६ गते साँझ ६ बजे दाजु भाई बिच सामान्य बाद-बिबादको क्रममा दाजु मन कुमार बि.क.ले आफ्नै भाई २० बर्षीय रोशन बि.क.लाई खुकुरी प्रहार गर्दा रोशन बि.क.को घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले मन कुमार बि.क.लाई खुकुरी सहित नियन्त्रणमा लिएको छ । खुकुरी प्रहार गरी भाईको हत्या गर्ने बि.क.को जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट  थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।   

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१६

सुनसरी र झापाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानले चेकजाँचको क्रममा धनकुटा साँगुरीगढी -८ का बिरेन राई र  मोहन राईलाई २३ किलो ८४० ग्राम गाँजा  सहित र इटहरी -७ का  कार्लोस रिजाललाई २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय पकलीले भोजपुर हतुवागढीका बिसु राई र निनोस राईलाई १ किलो २०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी प्रहरी चौकी रामगंज बेलगछियाबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका-१२ स्थितमा वेवारिसे अवस्थामा रहेको प्रदेश १-०२-०४९ प  ३८९१ नम्वरको मोटरसाईकलमा २० किलोग्राम गाँजा बरामद गरेको छ । झापाको अस्थायी प्रहरी चौकी मंगलबारेले बुद्दशान्ती-४ का लक्ष्मी कुमार घिसिङलाई ३६० ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-१६

पाँचथर, आफ्नै श्रीमती २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका-७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका-१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले महेन्द्रलाई फिदिम नगरपालिका-६ गोलेगाउँबाट पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।