मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८१-०५-१४
- A
- A-
- A+
सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थित धरान-चतरा सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो प्रदेश १-०२-०५० प.५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ केराबारी गाउँपालिका-२ का २० बर्षीय सुरज लिम्बु र मोटरसाईकल पछाडि सवार लेटाङ नगरपालिका-७ का २१ बर्षीय यादव लिम्बु घाईते भएका थिए । घाईते दुबैजनालाई उपचारको लागि घोपा धरानमा लगिएकोमा यादव लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।