लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०५-१४
- A
- A-
- A+
मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २४ बर्षीय रोशन राईलाई १२ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी धरान-२ स्थितमा डेरा गरी बस्दै आएका २८ बर्षीय मोहमद सहजादालाई ट्रामानिज र स्पास्मो १ हजार २ सय ८६ क्याप्सुल, नाट्राभेट- ८ सय ६० ट्याब्लेट र स्कफ १७ बोतल सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ का २१ बर्षीय तिलक यादव र भारत अररियाका २१ बर्षीय बिशाल कुमार साहलाई १३ ग्राम २८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।