लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०८१-०५-१४
- A
- A-
- A+
सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो अस्थायी प्रहरी चौकी अमराहाटबाट खटिएको प्रहरी टोलीले को.१ ख २१६० नम्बरको माइक्रो गाडीमा सवार धनकुटा शहिदभूमि गाउँपालिका- ६ का २९ बर्षीय कुशल राईलाई २४ किलोग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।