लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-०५-०७
- A
- A-
- A+
मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ मोरङको विराटनगर महानगरपालिका- १७ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री सुनसरी धरान उप-महानगरपालिका- ७ का ३४ बर्षीय मिलन श्रेष्ठलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भोक्राहा नरसिंह गाँउपालिका- ६ स्थितमा खटिएको प्रहरी टोलीले ईटहरी-१७ का २२ बर्षीय अजिन मिया र २४ बर्षीय रमत मियालाई ८ सय मिलिग्राम ब्राउन सगुर सहित पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।