लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०५-०६
- A
- A-
- A+
झापा र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको मेचिनगर नगरपालिका-६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका-२ का २४ बर्षीय खुमराज भण्डारीलाई ५ ग्राम ब्राउन सुगर र दमक नगरपालिका-११ का २४ बर्षीय निलजङ बस्नेतलाई २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ५ प ८०९९ नम्बरको मोटरसाईकल चालक त्रियुगा नगरपालिका- ८ का २६ बर्षीय दिनेश कटुवाल र सोहि मोटरसाईकलमा पछाडी सवार २७ बर्षीय सन्देश कार्कीको साथबाट नियन्त्रित औषधी एम्पुल-३०, ट्याब्लेट ६८ र कोरेक्स १ बोतल फेला पारी नियन्त्रणमा लिईएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।