करेन्ट लागेर महिलाको मृत्यु
२०८१-०५-०४
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका-१५ जतुवा स्थित करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ बर्षीया सरिता देवी यादव रहेका छन् । हिजो अपरान्ह आफ्नै घरको धारामा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी उनलाई उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको छ ।