लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०५-०१
- A
- A-
- A+
मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो बिराटनगर महानगरपालिका- १७ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको प्र.१-०२-००३ ह २८८८ नम्बरको सिटि सफारीलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सिटि चालक बिराटनगर-१ का २३ बर्षीय पप्पु मण्डल र सिटिमा सवार कटहरी गाउँपालिका-२ का ३१ बर्षीय सुमन राईको साथबाट १८ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका-९ का १९ बर्षीय आर्यन थारु चौधरी र २७ बर्षीय राम मुर्मुलाई प्रतिबन्धित औषधी ट्रामाडोल २०० ट्याबलेट सहित रतुवामाइ नगरपालिका- २ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।